अदालतद्वारा माईला लामा सहित ४ जनालाई रिहाईको आदेश, भाेली रिहा हुदैँ

अदालतद्वारा माईला लामा सहित ४ जनालाई रिहाईको आदेश, भाेली रिहा हुदैँ

  • बिहिबार, माघ १६, २०७६
  • मिर्मिरे अनलाइन

  • 14.9K
    SHARES

काठमाडौँ, १६ माघ ।

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा तत्कालीन उपत्यका बिशेष ब्युरोका इन्चार्ज माइला लामा‘प्रज्वल’सहित चारजनालाई रिहा गर्न अदालतले आदेश गरेको छ ।

पाटन उच्च अदालतले लामासँगै नेकपा अर्का केन्द्रीय सदस्य नविन विश्वकर्मा, अनेमसंघ(क्रान्तिकारी)की केन्द्रीय महासचिव धिरिन्द्रा उपाध्याय र इश्वर परियारलाई रिहा गर्न आदेश गरेको हो ।

ललितपुर जिल्ला अदालतले ललितपुरमा रहेको एनसेलको केन्द्रीय कार्यालयमा बम विस्फोट गराएको घटनामा र राज्य विरुद्धको अपराधमा दोषी ठहर गर्दै पुर्पक्षमा पठाउने फैसलालाई उच्च अदालतले बदर गर्दै नेताहरुलाई रिहा गर्न आदेश दिएको छ । जिल्ला अदालत ललितपुरको आदेशविरुद्धको रिट निवेदन उच्च अदालतमा परेको थियो ।

उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश श्रीकान्त पौडेलको इजलासले बिहीबार चारजनालाई निर्दोष ठहर गर्दै रिहाईको आदेश दिएको छ । उनीहरूलाइ भाेली रिहा गर्ने तयारी गरेकाे जनाइएकाे छ । रिहा लगत्तै प्रहरीले पुनः पक्राउ गर्ने तयारी समेत गरेकाे स्राेतले जनाएकाे छ ।

उनीहरु सबैलाई ललितपुर जिल्ला अदालतले पुर्पक्षको लागि भन्दै नख्खु कारागार चलान गरेको थियो । बन्दीहरुको तर्फबाट वरिष्ठ अधिवक्ता एकराज भण्डारी, अधिबक्ताहरु कपिलचन्द्र पोखरेल, कान्तिराम ढुंंगाना, खिमानन्द अधिकारी, रामकृष्ण भण्डारी, सन्तोष कोइराला, बासुदेव तिवारी, चुडाबहादुर निरौला र राजु अधिकारीले बहस गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ