सुशील कोइराला फाउन्डेसनलाई प्रदेश सरकारले दियो रु. ७५ लाख, भवन शिलान्यास

सुशील कोइराला फाउन्डेसनलाई प्रदेश सरकारले दियो रु. ७५ लाख, भवन शिलान्यास

  • बिहिबार, माघ १६, २०७६
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

विराटनगर, १६ माघ । विराटनगर महानगरपालिका वडा नम्बर ८ बलुवाईमा (साविक वडा नम्बर ११) मा सुशील कोइराला फाउन्डेसनको भवन बन्ने भएको छ । उक्त भवनको कांग्रेस केन्द्रीय सदस्य महेश आचार्यले विहीबार एक कार्यक्रमबीच शिलान्यास गरेका छन् । विराटनगर महानगरपालिकाले फाउन्डेसनलाई जग्गा उपलब्ध गराएको छ ।
आचार्यले विराटनगरमै जन्मिएका पूर्व प्रधानमन्त्री तथा कांग्रेस नेता सुशील कोइरालाको सादगीपूर्ण जीवनशैली सबैका लागि प्रेरणाको स्रोत भएको बताए ।
उनले भने,‘‘आज विराटनगरमै उहाँको सम्झनामा फाउन्डेसनको भवन शिलान्यास गर्न पाउनु र काम थालनी हुनुले कोइराला प्रति सच्चा सम्मान भएको छ ।’’ आचार्यले कोइरालाको सादा र सौम्य जीवनशैली अहिलेका नेतृत्वलाई पनि प्रेरणाको स्रोत भएको चर्चा गरे । कांग्रेस केन्द्रीय सदस्य अमृत अर्यालले संविधान जारी गराउन सुशील कोइरालाको ठूलो योगदान भएको बताए ।
विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले सामाजिक काम गर्न अग्रसर भएको फाउन्डेसनलाई महानगरले भवन निर्माणका लागि जग्गा उपलब्ध गराएको बताउँदै भने,‘‘समाज रुपमान्तरणमा फाउन्डेसनले योगदान दिनेछ भन्ने हाम्रो विश्वास छ ।’’


फाउन्डेसनकी अध्यक्ष मृदुला कोइरालाले सुशील कोइरालाको जीवन शैली र उनको काम गर्ने तरिकाबारे कार्यक्रममा सहभागी भएका अतिथि तथा सहभागीलाई जानकारी गराएकी थिइन । फाउन्डेसनले समाजमा पिछडिएका र मूलधारमा ल्याउनु पर्नेहरुको हितमा काम गर्ने बताउदै उनले भनिन्,‘‘सुशील कोइराला बित्नु भएको पाँच वर्षपछि हामीले उहाँको सम्झनामा सानो कामको शुभारम्भ गरेका हौं अब यसलाई मूर्त रुप दिंदै थप अघि बढ्ने छौं ।’’ त्यस अवसरमा कोइरालाले सुशील बिरामी भएपछिका अवस्थाको दिनचर्याबारे जानकारी गराइन ।

फाउन्डेसनको कार्यसफलताका लागि प्रधानमन्त्री केपी ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस महामन्त्री शशांक कोइराला, प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलगायतले शुभकामना सन्देश पठाएरको अध्यक्ष कोइरालाले जानकारी दिइन ।
फाउन्डेसन भवन निर्माण गर्न प्रदेश १ सरकारकाले रु. ७५ लाख बजेट छुट्याई दिएको छ । विराटनगर महानगरपालिकाले तीन कठ्ठा जग्गा उपलब्ध गराएको छ । अध्यक्ष कोइरालाले भनिन्,‘‘हामी ज्येष्ठ नागरिक स्याहार केन्द्रसमेत संचालन गर्ने तयारीमा छौं ।’’ फाउन्डेसनले युवा लक्षित व्यवसायिक तालिमदेखि आयआर्जनका कार्यक्रमलाई समेत प्राथमिकता दिने बताइएको छ ।
सुशीक कोइराला विराटनगरमा जन्मिएको र उनको योगदानलाई स्मरण गराउनकै लागि यो संस्था विराटनगरमा दर्ता भई संचालनमा आएको फाउन्डेसनका सचिव दिपक चापागाईंले जानकारी दिएका छन् । सुशील कोइरालाको पाँच वर्षअघि निधन भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ