शहीदको सपना पूरा गर्नु हाम्रो अभिभारा: मन्त्री रावल

शहीदको सपना पूरा गर्नु हाम्रो अभिभारा: मन्त्री रावल

  • बिहिबार, माघ १६, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

कर्णाली, १६ माघ । 
कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले नयाँ व्यवस्थाका लागि आफ्नो जीवन उत्सर्ग गर्ने शहीदहरुको सपना पूरा गर्नु आजको पुस्ताको अभिभारा भएको बताउनुभएको छ ।

नेपालको जहाँनिया राणा शासन व्यवस्था अन्त्य गरी मुलुकमा प्रजातन्त्र स्थापनार्थ विसं १९८७ मा जीवन बलिदान गर्ने चार महान् शहीद शुक्रराज जोशी, गङ्गालाल श्रेष्ठ, धर्मभक्त माथेमा र दशरथचन्द्र ठाकुरको योगदानको स्मरण गर्दै उहाँले शहीदले बगाएको रगतलाई कसैले कुल्चन नहुने बताउनुभयो ।

“एक दलीय, पञ्चायती बहुदलीय शासन व्यवस्था परिवर्तनका साथै जनयुद्ध, जनआन्दोलन, मधेश तथा कर्णाली आन्दोलन क्रममा जनताको मुक्तिका लागि लड्ने सबैको सपना पूरा गर्नु सरकारको मुख्य दायित्व हो,” उहाँले भन्नुभयो, “शहीदले देखाएको बाटोमा हामी सबै लाग्नुपर्दछ ।”

कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसी, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा, मुख्यमन्त्रीका प्रेस सल्लाहकार भीमप्रकाश शर्मा र प्रमुख सचिव केवलप्रसाद भण्डारीले शहीदको सपना पूरा हुन सकेमात्र उनीहरुको सम्मान हुने बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ