नेकपा केन्द्रीय कमिटि बैठकः अध्यक्षद्धयको प्रतिवेदनमाथि आजबाट समुहगत छलफल

नेकपा केन्द्रीय कमिटि बैठकः अध्यक्षद्धयको प्रतिवेदनमाथि आजबाट समुहगत छलफल

  • बिहिबार, माघ १६, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

१६ माघ, काठमाडौं ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटिको बैठकमा आजबाट अध्यक्षद्वयले पेश गरेको राजनीतिक प्रतिवेदनसँगै महासचिवले पेश गरेको संगठनात्मक र विधान संशोधन प्रतिवेदनमाथि समुहगत छलफल सुरु भएको छ ।

केन्द्रिय कमिटीका ४ सय ४१ जनालाई १५ समुहमा विभाजन गरिएको छ । यी समुहलाई छलफल गर्न राष्ट्रिय सभागृह, पार्टी मुख्यालय धुम्बाराही र पेरिस डाँडा तोकिएको छ ।

बिहान ११ बजेबाट सुरु बैठकमा विभाजित समुहले आज र भोलि प्रतिवेदनमाथि सामुहिक छलफल गर्नेछन् । २ दिनको छलफलका क्रममा समुहका सदस्यले प्रतिवेदनमाथि आफ्नो राय प्रस्तुत गर्नेछन् ।

सदस्यहरुको रायलाई टोली नेताले बैठकमा प्रस्तुत गर्नेछन् । अध्यक्ष पुष्पकमल दाहालले पेश गरेको ३४ पृष्ठ लामो राजनितिक प्रतिवेदनसंगै महासचिव बिष्णु पौडेलको संगठनात्मक र बिधान संसोधन प्रतिवेदनमाथीको छलफलसंगै सदस्यहरुले पार्टी्भित्र देखिएको विकृति र पछिल्लो समय विवादमा रहेको एमसीसीको विषयलाई पनि छलफलको एजेण्डा बनाएका छन् ।

नेकपा नेता भीम रावलका अनुसार पार्टीलाई विधी र पद्धति अनुसार सञ्चालनका लागि बैठकबाटै दबाव दिने तथा विवादित एमसीसीको बिषयमा ठोस जवाफ माग गर्ने तयारी भइरहेको बताउनुभयो ।

नेता रावलले यो बैठकपछि विवादित बिषयमा पार्टी नेतृत्व सच्चिएर अघि बढ्नेमा आफुहरु आशाबादी रहेको उल्लेख गर्नुभयो ।

समुहगत छलफलबाट आएका सुझावलाई समेत समेटेर प्रतिवेदन पारित हुनेछ ।

यसका अतिरिक्त सातै प्रदेशका अध्यक्षले रिर्पो्टिङ गर्ने, स्थायी र सचिवालय बैठकका निर्णय अनुमोदन र भावी प्रस्ताव तयार पार्ने नेकपाको तयारी छ ।

पार्टी भित्रै र जनस्तरबाट पनि सरकार र पार्टी नेतृत्वको आलोचना भईरहेका बेला बोलाइएको बैठकलाई अर्थपुर्ण रुपमा हेरिएको छ ।

केन्द्रिय कमिटिको बैठक आगामी आइतवारसम्म चल्नेछ । तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकिकरण भएपछि दोस्रो पटक केन्द्रीय कमिटीको पूर्ण बैठक बसेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ