प्रतिनिधि सभाको बैठक बस्दै

प्रतिनिधि सभाको बैठक बस्दै

  • मङ्लबार, माघ १४, २०७६
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

माघ १४, काठमाडौं

संघिय संसद अन्तरगत प्रतिनिधि सभाको बैठक आज बस्दैछ । लामो समय रिक्त रहेको सभामुख पदमा अग्नी प्रसाद सापकोटा निर्वा्चित भएपछि उहाँको अध्यक्षतामा पहिलो बैठक बस्न लागेको हो ।

संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा नवनिर्वा्चित सभामुख सापकोटालाई संसदमा प्रतिनिधित्व गर्ने दलहरुको तर्फबाट बधाई तथा शुभकामना प्रदान गरिने संसद सचिवालयका सचिव गोपालनाथ योगीले जानकारी दिनुभयो ।

कानून निर्माणको हिसाबले निकै महत्वपूर्ण मानिएको यस पटकको हिउँदे अधिवेशनको एक महिना भन्दा बढी समय सभामुख चयनमै खर्चिएको प्रतिनिधी सभाले लामो समयदेखि थन्किएर बसेका विधेयकलाई टुंगो लगाउने अपेक्षा गरिएको छ ।

संसदको नियमित काम सुरु भएसँगै लामो समयदेखि संसदमा विचाराधीन र टेबल गर्नुपर्ने विधेयकले पनि संसदमा प्रवेश पाउने योगीले बताउनुभयो । आजको बैठकमा विभिन्न संवैधानिक आयोगका प्रतिवेदन समेत प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले न्याय परिषद र न्याय सेवा आयोग, लोक सेवा आयोग, राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय समाबेशी आयोग र मधेशी आयोगको वार्षिक प्रतिवेदन पेश गर्नुहुनेछ । त्यस्तै थारु र मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पनि आजको बैठकमा प्रस्तुत हुने सम्भावना रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ