माघ ११, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको क्रान्तिलाई समाजवादी क्रान्तिको रुपमा बुझ्नपर्ने बताउनुभएको छ ।
आज पार्टी कार्यालय धुम्बाराहीमा ‘जनताको जनवादका आधारहरु’ पुस्तक लोकार्पण कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताउनुभएको हो ।
विचार र राजनीतिक कार्य्दिशा स्पष्ट नभएमा पार्टीले आफ्नो उद्देश्य पूरा गर्न नसक्ने उहाँको धारणा थियो ।
नेपालमा सामान्तवाद र निरकुंशतन्त्रको विरुद्धमा गरिएको क्रान्तिमा पूजीँपति र्वको पनि सहभागीता रहेको बताउनु भयो ।
नेपालमा भएको क्रान्तिमा पूजीँपति वर्गहरुलाई पनि सहभागि गराएर क्रान्ति सम्पन्न भएको अध्यक्ष प्रचण्डको भनाई थियो ।
उहाँले भन्नुभयो, ‘बुझ्नुपर्ने चूरो कुरो यहाँ छ, कम्युनिष्ट पार्टीको नेतृत्व पनि छ, तर कम्युनिष्ट पार्टीको सहभागिताले मात्र यो सम्भव भएको होइन् । यहाँ पूँजीपतिहरुको पनि साथ लिएर, पूजीँपतिवर्गको राजनीतिक सहकर्मीहरुलाई पनि साथ लिएर मात्रै क्रान्ति सम्पन्न भयो ।’
‘जनताको जनवादका आधारहरू’ पुस्तकले क्रान्तिका सबै विषयहरुलाई सहज ढंगबाट बुझ्न सहयोग गर्ने उहाँको भनाई छ ।