बाग्मती प्रदेशमा शहीद सप्ताह शुरु, मुख्यमन्त्री पौडेलको सहभागीतामा हेटौडामा पदयात्रा

बाग्मती प्रदेशमा शहीद सप्ताह शुरु, मुख्यमन्त्री पौडेलको सहभागीतामा हेटौडामा पदयात्रा

  • शुक्रबार, माघ १०, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

१० माघ, काठमाडौं ।

यस वर्षको शहीद सप्ताह आजबाट सुरु भएको छ । हरेक वर्ष माघ १० देखि १६ गतेसम्म शहीद सप्ताह मनाउने गरिन्छ ।

तत्कालीन राणा शासनविरुद्ध जनचेतना फैलाउने शुक्रराज शास्त्रीलाई विक्रम संवत १९९७ माघ १० गते आजैका दिन टेकुको पचलीमा रहेको रूखमा झुण्ड्याएर मृत्युदण्ड दिएको थियो ।

यसै दिनको सम्झना गर्दै आज कुपण्डोलस्थित शहिद शुक्रराज शास्त्रीको प्रतिमास्थलमा शहीद स्मारक समितिले कार्यक्रम गरेको छ ।

नागरिक समाजका व्यक्तिहरुले शहिद शास्त्रीको भूमिकाको योगदान गर्दै उहाँको तस्विरमा माल्यार्पण गर्नुभयो । शहीद स्मारक समितिका सचिव रामकृष्ण हाडाले राज्यले शहीदहरुलाई सम्मान गर्न नसकेको बताउनुभयो ।

त्यसैगरी, धर्मभक्त माथेमालाई माघ १३ गते फाँसी दिइएको थियो भने माघ १५ गते दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई शोभा भगवतीमा गोली हानिएको थियो ।

माघ १६ गते सबै शहीदप्रति श्रद्धाञ्जली व्यक्त गरी यो दिवस मनाउने गरिन्छ ।

यसैबीच बाग्मती प्रदेश सरकारको आयोजनामा आजदेखि राजधानी हेटौंडामा शहीद सप्ताह शुरु भएको छ ।

साताव्यापी रुपमा मनाउन लागिएको कार्यक्रमको आज मुख्यमन्त्री डोरमणि पौडेलले हेटौंडाको बुद्धचोकमा शुभारम्भ गर्नुभयो ।

साताव्यापी कार्यक्रमअन्र्तगत आज बुद्धचोकबाट शहीद स्मारकसम्म पदयात्रा गरिएको छ । पदयात्रामा मुख्यमन्त्री पौडेलसहित प्रनिधिसभा, राष्ट्रियसभा तथा प्रदेशसभाका सदस्यलगायत जनप्रतिनिधिको सहभागिता थियो ।

पदयात्रामा नेपाल प्रहरी, सशस्त्र प्रहरीलसहित सर्वसाधारणको सहभागिता थियो । बुद्धचोकबाट शुरुभएको पदयात्रा स्मारकमा पुगेर समापन भएको थियो ।

बाग्मती प्रदेश सरकार र सहिद स्मारक विकास समिति हेटौंडाले आजदेखि यही माघ १६ गतेसम्म शहीद सप्ताह मनाउन लागेको हो ।

सप्ताहव्यापी रुपमा मनाउने कार्यक्रममा म्याराथुन, वक्तित्वकला प्रतियोगिता, विभिन्न साहित्यिक कार्यक्रम, राष्ट्रियस्तरका कलाकालको सांस्कृतिक कार्यक्रम, स्थानीय जातजातीको मौलीकता झल्कने सांस्कृतिक कार्यक्रम गरिने स्मारक विकास समितिले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ