कर्णाली प्रदेश विकास परिषद्को बैठक शुरु

कर्णाली प्रदेश विकास परिषद्को बैठक शुरु

  • शुक्रबार, माघ १०, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

सुर्खेत, १० माघ।

कर्णाली प्रदेश विकास परिषद्को बैठक आज शुरु भएको छ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बिहान ९ बजेदेखि शुरु भएको बैठकमा उहाँले कर्णालीविज्ञ, स्थानीय सरकारका प्रमुख, परिषद्का सदस्यलाई दिगो विकासको सोचसहितको पञ्चवर्षीय आधारपत्रमा उल्लेखित सवालमाथि छलफल गर्न निर्देशन दिनुभएको छ ।

बैठकको शुरुआतसँगै कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव विष्णुप्रसाद नेपालले परिषद्का सदस्यलाई स्वागत गर्नुभयो । बैठकमा प्रदेश योजना आयोगका उपाध्यक्ष प्रा डा पुण्यप्रसाद रेग्मीले कर्णाली प्रदेशको योजना निर्माण, कर्णाली सोच–२१००, प्रथम पञ्चवर्षीय योजना, समष्टिगत वित्तीय क्षेत्र, पूर्वाधार, आर्थिक, सुशासन क्षेत्र, अन्तरसम्बन्धित विषय र कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन बैठकका मुख्य विषयवस्तु रहेका बताउनुभयो ।

आधारपत्रमा समेटिएका जलविद्युत्, वैकल्पिक ऊर्जा र हरित अर्थतन्त्र, सडक सञ्जाल, प्राङ्गारिक कृषि, औद्योगिक उत्पादन, सेवा क्षेत्रको विकास, बहुमूल्य जडीबुटी, खनिज तथा खानी, पर्यापर्यटन तथा कला संस्कृति, विज्ञान प्रविधि र नवप्रवर्तन, मानव पूँजी निर्माण र सदुपयोग, स्वच्छ वातावरण र स्वस्थ जीवन, सुरक्षित, व्यवस्थित र विकसित गाउँ, नगर र शहर, सार्वजनिक, निजी, सहकारी तथा सामुदायिक साझेदारीलाई प्रमुख संवाहक मानेर तिनलाई मूर्तरुप दिने उपाध्यक्ष प्रा डा रेग्मीले जनाउनुभयो ।

बैठकमा परिषद्का सहअध्यक्ष एवं आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, विभागी मन्त्री, प्रदेश योजना आयोगका उपाध्यक्ष, प्रदेशसभामा प्रतिनिधित्व गर्ने संसदीय दलका नेता, प्रदेशसभा समितिका अध्यक्ष, प्रदेश योजना आयोगका सदस्य, जिल्ला समन्वय समिति तथा नगरपालिकाका प्रमुख र गाउँपालिकाका अध्यक्ष, प्रदेश सरकारबाट मनोनित पाँच सदस्य, प्रदेश सरकारका सचिव गरी करीब १२० को सहभागिता रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ