डडेल्धुरामा भत्काइयो २३ छाउगोठ, भत्किएन छाउ मानसिकता

डडेल्धुरामा भत्काइयो २३ छाउगोठ, भत्किएन छाउ मानसिकता

  • बुधबार, माघ ८, २०७६
  • मिर्मिरे अनलाइन

  • 12.1K
    SHARES

अमरगढी, ८ माघ । दुई सातादेखि डडेल्धुरामा छाउ गोठ भत्काउने अभियान चलिरहेको छ । जिल्लाका विभिन्न स्थानीय तहमा प्रहरीको सक्रियता र जनप्रतिनिधिको रोहवरमा छाउपडी गोठ भत्काउनेक्रम जारी रहेको छ । प्रहरीले छाउ गोठ भए÷नभएको अवस्थाका बारेमा समेत अनुगमन गरिरहेको छ ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुरा प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेका अनुसार छाउगोठ भत्काउने अभियानअन्तर्गत जिल्लाको भित्री मधेश क्षेत्रमा पर्ने आलीतालमा २३ वटा छाउपडी गोठ भत्काएको छ ।

त्यस्तै सामुदायिक साझेदारी कार्यक्रमअन्तर्गत मङ्गलबार आलीतालको गाउँपालिका–६ धिमडामा दुई दर्जन घरपरिवारले प्रयोग गरिरहेका ११ वटा छाउगोठ यस्तै आलीताल गाउँपालिका–७ बलौचा र चिनीगौँडा टोलमा रहेका १२ वटा छाउपडी गोठ भत्काइएको डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधीराम न्यौपानेले जानकारी दिनुभयो ।

छाउ गोठ भत्काउनका लागि विभिन्न ठाउँमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । छाउपडी गोठ भत्काउन एक छुट्टै प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय डडेल्धुराका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले बताउनुभयो ।

छाउ मानसिकता

डडेल्धुरा सदरमुकाम खलङ्गा, अमरगढी, स्याउले र भत्कँडा बजार क्षेत्रमा पनि छाउपडी भएका बेला महिलाई सुत्ने अलग्गै स्थान रहेको पाइन्छन् । डडेल्धुरा सदरमुकाममा विभिन्न ग्रामीण स्थानबाट सदरमुकाममा बस्दै आएका छन् ।

छाउपडी भएकाबेला परिवारका सदस्यभन्दा अलग्गै सुत्ने पाँच दिनसम्म खाना पकाउँन नमिल्ने र पूजा कोठामा जान नमिल्ने लगायतका अवस्था रहेको अमरगढी नगरपालिका–५ मा बस्दै आएका एक महिलाले भन्नुभयो । उहाँले अरुभन्दा पनि परिवारका सदस्यबाट विभेद खेप्नुपरेको बताउनुभयो । गाउँमा हुँदा छाउगोठमा बसियो तर बसाइँसराइ भएपछि डडेल्धुरा सदरमुकाममा आएको १० वर्ष बितिसक्दा छाउपडी भएका बेला समस्या त्यही छ । परिर्वतन हुन सकेको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ