राष्ट्र र राष्ट्रियताको हितमा एमसीसी घातक: नेता रावल

राष्ट्र र राष्ट्रियताको हितमा एमसीसी घातक: नेता रावल

  • बुधबार, माघ ८, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

डोटी, ८ माघ । 
नेपाल कम्युनिष्ट पार्टीका नेता तथा सुदूरपश्चिम इन्चार्ज भीम रावलले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) संसद्बाट पास गरे घातक हुने बताउनुभएको छ ।
जिल्लाको दिपायल सिलगढी नगरपालिकाले आज जिल्ला सदरमुकाम सिलगढीमा भ्रमण वर्ष २०२० को उपलक्ष्यमा आयोजना गरेको बृहत् सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा रावलले एमसीसी पास गरेको खण्डमा देशलाई नै घाटा हुने बताउनुभयो । उहाँले भन्नुभयो, “एमसीसीको सम्झौतापत्रमा उल्लेख भएका कुरा नपढी कयौँ नेताजीहरुले पास गरौँ भन्दैछन्, एक चोटी सम्झौता पढ्नुस् सही÷गलत आफैँ छुट्टिने छ ।”

राष्ट्र र राष्ट्रियताको हितमा एमसीसी घातक भएको र पछिल्लो समय राष्ट्रियरूपमा चर्चाको विषयसमेत बनेकाले एमसीसीलाई कुनै पनि हालतमा पास गर्न नहुने उहाँको तर्क छ । उहाँले भन्नुभयो, “डोटीले धार्मिक मन्दिर शैलेश्वरी, बडीकेदार र सुदूरपश्चिमकै प्रमुख पर्यटकीयस्थल खप्तडको प्रचारप्रसार गर्न सके हजारौँ पर्यटक भित्र्याउन सकिन्छ ।”

सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टले सुदूरपश्चिमको पर्यटन विकासका लागि प्रदेश मन्त्रालय सदैव अग्रसर रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सुदूरपश्चिममा रहेका कला, संस्कृति, विभिन्न पर्यटन तथा धार्मिकस्थलको विकास र प्रचारप्रसारका लागि प्रदेश मन्त्रालय लागिपरेको छ, हामीसँग अथाह पर्यटन क्षेत्र छन्, सबैले त्यसको प्रचार गर्न जरुरी छ ।”

दिपायल सिलगढी नगरपालिकाका नगरप्रमुख मञ्जु मलासीले डोटीको पर्यटन क्षेत्रको विकासका लागि नगरपालिकाले विशेष योजना बनाएर अगाडि बढिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी पर्यटन क्षेत्रको विकासका लागि अहोरात्र खटिएका छौँ, यहाँका पर्यटकीय क्षेत्रको बारेमा देश विदेशमा चिनाउने छौँ ।” उक्त कार्यक्रममा जिल्लाभरि रहेका पुराना कला, संस्कृति झल्किने खालका डेउडा, हुड्के, छलिया, गमरा, भुवाँलगायतका कला संस्कृति प्रस्तुत गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ