सभामुखमा नेकपाका अग्निप्रसाद सापकोटा निर्विरोध, औपचारिक घोषणा माघ १२ मा

सभामुखमा नेकपाका अग्निप्रसाद सापकोटा निर्विरोध, औपचारिक घोषणा माघ १२ मा

  • मङ्लबार, माघ ७, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

७ माघ, काठमाडौं । प्रतिनिधिसभाको सभामुखका लागि सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका सांसद अग्निप्रसाद सापकोटाकाे मात्रै उम्मेदवारी परेको छ । एकल उम्मेदवारी परेसँगै सापकोटा सभामुखमा निर्विरोध भएका छन्।

मंगलबार उम्मेदवारीका लागि  निर्धारित समयमा अन्य दलबाट मनोनयन दर्ता नगरेपछि उनी निर्विरोध निर्वाचित हुने पक्‍का भएको हो। तर, यसको औपचारिक घोषणा भने माघ १२ गते हुनेछ।

१२ गते बस्‍ने प्रतिनिधिसभाको बैठकमा अरु कसैको उम्मेदवारी नपरेकोले सापकोटा निर्विरोध चयन भएको घोषणा हुनेछ। त्यसपछि उनले सभाको अध्यक्षता गर्ने छन्।

पूर्वसभामुख एवम् नेकपाका संसदीय दलका उपनेता सुवास नेम्वाङको प्रस्ताव र प्रमुख सचेत देव गुरुङ्, पूर्वसभामुख ओनसरी घर्ती र राजपाका सांसद लक्ष्मणलाल कर्णको समर्थनमा सापकोटाले उम्मदवारी दर्ता गराएका हुन् । योसँगै सापकोटा सभामुख बन्ने पक्का भएको छ ।

उम्मेदवारी दर्ताका लागि मंगलबार विहान ११ बजेदेखि २ बजेसम्मको समय निर्धारण गरिएको थियो ।

पूर्वसभामुख कृष्णबहादुर महराले यौन दुर्व्यवहारको आरोप लागेपछि गत असोजमा राजीनामा दिएका थिए । त्यसयता प्रतिनिधिसभा सभामुखविहीन थियो ।सभामुख चयनमा नेकपाभित्रको आन्तरिक भागबन्डाको विवादका कारण झन्डै चार महिनापछि मात्र संसद्ले सभामुख  पाउन लागेकेा हाे ।

कानुन निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने हिउँदे अधिवेशनलाई विधेयक अधिवेशनका रुपमा पनि लिने गरिन्छ। तर सभामुख चयनको किचलोले झन्डै एक महिनादेखि संसद अधिवेशन बन्धक बनेको थियाे ।नेकपाभित्र लामो विवाद र खिचतानीपछि आइतबार मात्र सभामुखका लागि अग्‍नि सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको हो। पुस ४ गते सुरु भएको हिउँदे अधिवेशन सभामुख चयन हुन नसक्दा ‘बिजनेस’ मा प्रवेश गर्न पाएको छैन।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ