राष्ट्रिय सभा निर्वाचनको मौन अवधि शुरु, निर्वाचन केन्द्रित गतिविधि गर्न नपाउने

राष्ट्रिय सभा निर्वाचनको मौन अवधि शुरु, निर्वाचन केन्द्रित गतिविधि गर्न नपाउने

  • मङ्लबार, माघ ७, २०७६
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

७ माघ, काठमाडौं ।
यही माघ ९ गते हुने राष्ट्रिय सभा निर्वाचनको मौन अवधि शुरु भएको छ । गएराति १२ बजेबाट मौन अबधि शुरु भएकाले यो अवधिमा निर्वाचनमा भाग लिएका दल तथा उम्मेदवारहरुलाई प्रचारप्रसार, भेलार्, याली तथा सञ्चारमाध्यामहरुको प्रयोग गरेर निर्वाचन केन्द्रित गतिविधि नगर्न आयोगले आग्रह गरेको छ ।

निर्वाचन आयोगले दल दर्तादेखि उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्नेसम्मका कार्य पूरा गरिसकेको जनाएको छ ।

निर्वाचनकै दिन मतपरिणाम घोषणा गर्ने आयोगको तयारी छ निर्वाचनमा भाग लिन ११ वटा दल दर्ता भएकामा ६ वटा दलले मात्र निर्वाचन चिन्ह पाएका छन् ।

सत्तारुढ दल नेकपा, प्रमुख प्रतिपक्षी दल काँग्रेस मुख्य दलको रुपमा देखिएका छन् । १८ पदका लागि ४५ जनाको उम्मेदवारी परेको छ । सात वटै प्रदेशमा निर्वाचन हुँदैछ ।

५९ सदस्यीय राष्ट्रिय सभामा ५६ जनाले निर्वाचन प्रक्रियामा भाग लिनु पर्दछ भने ३ जना सदस्यलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनयन गर्ने संवैधानिक प्रावधान छ ।

यसअघि भएको निर्वाचनबाट दुई वर्षे कार्यकालका छानिएका १८ र मनोनित गरी १९ सदस्य पद खाली छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ