सभामुख निर्वाचनका लागि मनोनयन दर्ता आज, उम्मेद्वारको सूची आजै सार्वजनीक हुने

सभामुख निर्वाचनका लागि मनोनयन दर्ता आज, उम्मेद्वारको सूची आजै सार्वजनीक हुने

  • मङ्लबार, माघ ७, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.2K
    SHARES

७ माघ, काठमाडौं । माघ १२ गते आइतवार हुने प्रतिनिधिसभाको सभामुख निर्वाचनका लागि आज दलहरुले उम्मेद्वारको मनोयन दर्ता गर्दैछन् ।

बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ । एक जना प्रस्तावक र समर्थक राखी प्रतिनिधिसभाका कुनै पनि सांसदले प्रस्ताव गर्न सक्ने व्यवस्था रहेको छ । उम्मेद्वारको सूची पनि आजै दिउँसो साढे २ बजे सार्वजनिक गरिनेछ ।

यौन दुराचारको आरोप लागेसँगै तत्कालिन सभामुख कृष्णबहादुर महराले असोज १४ गते पदबाट राजीनामा दिएपछि सभामुख पद रिक्त छ । रिक्त भएको चार महिनापछि सभामुख निर्वाचन हुन लागेको हो ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीले स्थायी समिति सदस्य एंव सांसद अग्निप्रसाद सापकोटालाई उम्मेद्वार बनाउने निर्णय गरिसकेको छ ।

संसदमा नेकपाको सुविधाजनक बहुमत रहेकाले सापकोटा नै सभामुख हुने लगभग निश्चित छ । अरु दलले उम्मेद्वारी नदिएमा उहाँ निर्विरोध निर्वाचित हुनुहुनेछ ।

प्रतिनिधिसभाको अर्को बैठक १२ गते अपरान्ह ३ बजेका लागि बोलाइएको छ । उक्त बैठकले नै सभामुख चयन गर्नेछ । तत्कालिन सभामुख कृष्णबहादुर महराले असोज १४ गते पदबाट राजीनामा दिएपछि सभामुख पद रिक्त छ ।

यसअघि प्रतिधिनिसभाका जेष्ठ सदस्य महन्थ ठाकुरको अध्यक्षतामा हिजो बसेको प्रतिनिधिसभाको दोस्रो बैठकले सभामुख चयनको लागि माघ १२ गते निर्वाचन गर्ने गरी कार्यतालिका सार्वजनिक गर्न निर्देशन दिएको थियो । हिजो उपसभामुख शिवमाया तुम्बाहाम्फेले पदबाट राजीनामा दिएपछि बैठकको अध्यक्षता जेष्ठ सदस्य ठाकुरले गर्नुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ