प्रतिनिधिसभाको बैठक आज बस्दै, सभामुख चयन प्रक्रिया सुरु हुने

प्रतिनिधिसभाको बैठक आज बस्दै, सभामुख चयन प्रक्रिया सुरु हुने

  • सोमवार, माघ ६, २०७६
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

६ माघ, काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । पटक–पटक सूचना टाँसेर स्थगित हुँदै आएको संसद बैठक आजका लागि बोलाइएको हो ।

संसदको पाँचौं अधिवेशन सुरु भएको एक महिनापछि प्रतिनिधिसभाको दोस्रो बैठक बस्न लागेको हो । बैठक सुरु भएसँगै संसद सचिवालयले सभामुख चयनको प्रक्रिया सुरु गर्नेछ ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले स्थायी कमिटी सदस्य अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेसँगै सभामुख चयनको प्रक्रिया सुरु हुने भएको हो ।

प्रतिनिधिसभामा सत्तारुढ नेकपाको स्पष्ट बहुमत भएकाले सापकोटा प्रतिनिधिसभाको सभामुखमा निर्वा्चित हुने संभावना रहेको छ ।

यसअघि सत्तारुढ दल नेकपा भित्र सभामुख कसलाई बनाउने भन्ने विषयमा सहमति हुन नसक्दा तीन पटक प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित भएको थियो ।

प्रतिनिधिसभाको चालू अधिवेशनको पहिलो बैठक उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले सभामुखकै हैसियतमा सञ्चालन गर्नुभएको थियो ।

दोस्रो बैठक भने प्रतिनिधिसभाका ज्येष्ठ सदस्य महन्थ ठाकुरले गर्ने तय भएको संसद सचिवालयले जनाएको छ । बैठकको पहिलो कार्यसूचीमा सभामुख निर्वाचन हुनेछ ।

यौन दुराचारको आरोप लागेलगत्तै सभामुखबाट कृष्णबहादुर महराले गत असोजमा राजीनामा दिएपछि सभामुख रिक्त भएसँगै संसदले पारित गरेका विधेयक प्रमाणीकरणका लागि सिफारिस नभइ संसदमै अलपत्र छन् ।

प्रतिनिधिसभा बैठक सञ्चालन नियममावलीअनुसार उपसभामुखले आजको बैठक सुरु हुनुअघि नै राजीनामा दिए ज्येष्ठ सदस्यले बैठकको अध्यक्षता गर्ने व्यवस्था छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ