आज रातिबाट मौन अवधि शुरु हुँदै, निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न आयोगको आग्रह

आज रातिबाट मौन अवधि शुरु हुँदै, निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न आयोगको आग्रह

  • सोमवार, माघ ६, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

६ माघ, काठमाडौं । राष्ट्रियसभा सदस्यको रिक्त पदको निर्वाचनका लागि आज राति १२ बजेदेखि मौन अवधि शुरु हुँदैछ ।
आचारसंहिता बमोजिम निर्वाचन हुनु ४८ घण्टा अगाडी देखि मौन अवधि सुरु हुन्छ । राष्ट्रियसभाको निर्वाचन माघ ९ गते बिहीबार हुँदैछ ।

मौन अवधि सुरु भएपछि दलहरु वा उम्मेदवारले मतदातासँग मत माग्न वा कुनै पनि माध्यमद्धारा चुनावी प्रचारप्रसार सन्चालन गर्न पाउनेछैनन् ।

आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष एवं विश्वसनीय रूपमा सम्पन्न गर्न गराउन मौन अवधि र निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न गराउन नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तहलगायत सरोकारवालाको ध्यानाकर्षण गराइएको छ ।

मुलुकका सातवटा प्रदेशका उच्च अदालत रहेका जिल्ला मोरङ, धनुषा, ललितपुर, कास्की, दाङ, सुर्खेत र डोटीमा निर्वाचन केन्द्र कायम गरिएको छ । मौन अवधिमा कुनै पनि सञ्चार माध्यमबाट निर्वाचन प्रचारप्रसार कार्य गर्न गराउन पाइने छैन ।

आयोगका सहसचिव राजकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा मौन अवधिमा आफ्ना वेबसाइट, ट्वीटर, फेसबुक, भाइबर वा एसएमएस जस्ता सामाजिक सञ्जाल वा विद्युतीय माध्यमको प्रयोग गरी मत माग्न र निर्वाचन प्रचारप्रसार नगर्न भनिएको छ ।

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्षरूपमा सम्पन्न गर्ने गराउने कार्यमा सहयोग पु¥याउन सबै मतदाता, उम्मेदवार, राजनीतिकर्मी, निर्वाचनमा संलग्न कर्मचारी, समाजसेवी, पत्रकार, विभिन्न पेशा तथा व्यवसायमा संलग्न व्यक्तिलगायत आम नागरिकलाई आयोगले आग्रह गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ