विराटनगर, माघ ५।
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश वासीको विकास र समृद्धिको चाहनालाई ध्यानमा राखेर काम गर्न मन्त्री र नवनियुक्त राज्यमन्त्रीहरुलाई निर्देशन दिनुभएको छ ।
आज नियुक्त भएका राज्यमन्त्रीहरुलाई शुभकामना दिदैँ मुख्यमन्त्री राईले भन्नुभयो, “महत्वपूर्ण जिम्मेवारी प्राप्त गरेसँगै तपाईहरुको अग्निपरीक्षा सुरु भयो, काम गर्न तपाईहरु अल्मलिनु पर्दैन्,कामको आधारमा जिम्मेवारी बाँडफाड र एक आपसमा छलफल गरेर राम्रो नतिजा देखाउनुहोस् ।”
मुख्यमन्त्री राईले दुई दिनभित्र प्रष्ट रुपले कार्यविभाजन गरेर काम गर्न मन्त्री र राज्यमन्त्रीहरुलाई निर्देशन समेत दिनुभएको छ । कुनै पनिविवादास्पद निर्णय नर्गन निर्देशनदिदैं मुख्यमन्त्री राईलेआत्तिने, मात्तिने र अयोग्यहुने छुट नरहेको समेत बताउनुभयो ।
आफूले भ्रष्टचारमा शुन्य सहनशिलताको नीतिअख्तियार गरेको बताउँदै मुख्यमन्त्री राईले कामलाई छिटो, छरितो र पारदर्शी ढंगले अगाडि बढाउन मन्त्री र नवनियुक्त राज्यमन्त्रीहरुलाई निर्देशनदिनुभयो ।

मुख्यमन्त्री राईले नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम चार जनाप्रदेश १ का प्रदेश सभा सदस्यहरुलाई राज्यमन्त्रीमानियुक्त गर्न प्रदेश प्रमुख समक्षसिफारिस गर्नुभएको थियो । जस अनुसार प्रदेश प्रमुख सोमनाथअधिकारी प्यासीले रामबहादुर मगरलाई भुमिव्यवस्था, कृषितथा सहकारी मन्त्रालय, अम्बिर बाबु गुरुङ्गलाई भौतिकपूर्वाधार विकास मन्त्रालय, जसमायागजमेर (विश्वकर्मा) सामाजिकविकास मन्त्रालय र विजयकुमार विश्वासलाई उद्योग, पर्यटन, वनतथावातावरण मन्त्रालयको राज्यमन्त्रीमानियुक्त गर्नुभएको हो ।