बालुवाटारमा ओली र प्रचण्डबीच भेटवार्ता, ४ बजे सचिवालय बैठक आह्वान

बालुवाटारमा ओली र प्रचण्डबीच भेटवार्ता, ४ बजे सचिवालय बैठक आह्वान

  • आइतवार, माघ ५, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

५ माघ, काठमाडौं ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज भेटवार्ता भएको छ ।

बालुवाटारमा आज बिहान भएको भेटमा ओली र प्रचण्डबीच सभामुख उम्मेदवारको टुंगो लगाउन करिब ३ घन्टा छलफल भएको थियो । यसलगत्तै अपरान्ह ४ बजे नेकपाको सचिवालय बैठक बोलाइएको छ ।

नेकपा स्थायीसमिति सदस्य देवेन्द्र पौडेललाई भेटेर प्रचण्ड प्रधानमन्त्री ओलीसँग परामर्श गर्न आज बिहानै प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएको थियो ।

बिहान निवास खुमलटारमा नेता देवेन्द्र पौडेललाई भेट गरी प्रचण्डले पौने ९ बजे बालुवाटार पुगेका थिए । भोलीका लागि प्रतिनिधि सभाको बैठक तोकिएकाले सभामुखका उम्मेदवार आजसम्म टुंग्याइ सक्नुपर्ने दवाव नेकपालाई छ ।

नेकपाले सभामुख उम्मेदवार चयन गर्न नसकेका कारण प्रतिनिधिसभा बैठक बस्न सकेको छैन। पटक–पटक सूचना टाँसेर बैठक स्थगित हुँदै आएको छ।
भोली ६ गते संसद बैठक आह्वान गरिएको छ । बैठक बस्नु अघि नै सभामुखको बिषय टुङग्याउने कसरतमा सत्तारुढ दल लागेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ