प्रदेश ५ संसदको हिउँदे अधिवेशन आजबाट सुरु

प्रदेश ५ संसदको हिउँदे अधिवेशन आजबाट सुरु

  • आइतवार, माघ ५, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

५ माघ, बुटवल । प्रदेश ५ को हिउँदे अधिवेशन आजबाट सुरु हुँदै छ ।

मुख्यमन्त्री शंकर पोखरेलको सिफारिस र प्रदेश प्रमुख धर्मनाथ यादवको आह्वानमा आजबाट हिउँदे अधिवेशन बोलाइएको प्रदेश ५ प्रदेशसभा सचिवालयले जनाएको छ । बैठक दिउँसो १ बजे बस्नेछ ।

प्रदेश ५ को नाम र स्थायी राजधानीको विषय संसदको आजबाट सुरु हुने हिउँदे अधिवेशनले टुंगो लगाउने छ । प्रदेश ५ सरकारका प्रवक्ता एंव भौतिक पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरीले हिउँदे अधिवेशनले प्रदेशको नाम र स्थायी राजधानी टुंग्याउने बताउनुभयो ।

तर आज हिउँदे अधिवेशनको पहिलो दिन भने शुभकामना मन्तव्य राख्ने कार्यक्रम रहेको प्रदेशसभाका सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिनुभयो । संसद्मा प्रस्तुत हुने एजेन्डाबारे भने कार्यपरामर्श समितिले निर्णय गर्ने उहाँले बताउनु भयो ।

हिउँदे अधिवेशनमा प्रदेशको स्थायी राजधानी र नामले प्रवेश पाउने भएपछि यसबारे बहस सुरु भएको छ । नेकपा संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले सबैको सहमतिबाट प्रदेशको स्थायी राजधानी र नामको टुंगो लाग्ने भन्दै प्रदेशसभा नै यसको निर्णायक केन्द्र भएकोले योबारे निर्णय हुने जानकारी दिनुभयो ।

नेपाली कांग्रेसकी सचेतक निर्मला क्षेत्रीले पूर्वाधार बनिसकेको क्षेत्रलाई राजधानी बनाउनु पर्ने बताउनु भयो ।

देशका ७ प्रदेशमध्ये प्रदेश १, २ र ५ ले अझै नाम र स्थायी राजधानी टुंग्याउन सकेको छैन । प्रदेश ५ मा नेकपा ६१, नेपाली कांग्रेस १९, समाजवादी पार्टी ५ र राजपा तथा राष्ट्रिय जनमोर्चाका १÷१ गरी कुल ८७ सांसद् छन् ।

यसैबीच, सरकारले आजबाट सुरु हुने हिउँदे अधिवेशनमा ६ वटा विधेयक पठाउने तयारी गरेको प्रदेश ५ सरकारका प्रवक्ता एंव भौतिक पूर्वाधार विकास मन्त्री चौधरीले बताउनुभयो ।

हिउँदे अधिवेशनमा सुशासन, वातावारण, स्थानीय तहसम्बन्धी विधेयक पेस हुनेछ । त्यस्तै, विश्वविद्यालय, लोक सेवा, चलचित्रसम्बन्धी विधेयक पनि यही अधिवेशनमा पेस गर्ने प्रदेश सरकारको तयारी छ ।

संघीय सरकारका कारण कानुन निर्माण हुन नसकेकाले अब भने बाजिएको हकमा संशोधन गर्ने गरी कानून निर्माणलाई तीव्रता दिइने मन्त्री चौधरीले बताउनुभयो ।

प्रदेशसभाले चौथौ अधिवेशनसम्म ४९ वटा विधेयक पारित गरेको छ । पारित भएकामा लोकसेवासँग सम्बन्धित विधेयकलगायत छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ