संसद नखुले अब धेरै कुर्न नसक्ने काँग्रेस सभापति देउवाको चेतावनी

संसद नखुले अब धेरै कुर्न नसक्ने काँग्रेस सभापति देउवाको चेतावनी

  • बुधबार, माघ १, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सभामुख चयन गर्न नसकेर नेकपाले सदनलाई बन्धक बनाएको भन्दै असन्तुष्टी व्यक्त गरेका छन् ।
विराटनगरमा आज पत्रकारहरुसगँ कुरा गर्दै नेकपाका नेताहरुले मिलेर संसद चल्ने वातावरण नबनाए आफूहरुले चलाईदिने चेतावनी देउवाले दिए ।
हिउँदे अधिवेशन आह्वान भएको महिना दिनसम्म पनि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीले सभामुखको उम्मेदवार दिन नसकेको उल्लेख गरेका देउवाले अब धेरै कुर्न नसकिने पनि बताए ।
पुस ४ गतेपछि तीन पटक सूचना टाँसेर संसद बैठक स्थगित गरिएको छ । अर्को बैठक माघ ६ गते दिउँसो १ बजे संसद बैठक बोलाईएको छ ।
बरिष्ठ नेता पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँग आफूले कुराकानी गरिसकेको उल्लेख गर्दै देउवाले तोकिएकै समयमा १४ औं महाधिवेशन हुने बताए ।
महाधिवेशन ०७७ फागुन ७ देखि १० सम्म काठमाडौंमा गर्ने निर्णय कांग्रेसले गरेको छ ।

‘असन्तुष्ट समूहसँग कुरा मिलिसक्यो। तोकिएकै समयमा महाधिवेशन हुन्छ,’ सभापति देउवाले भने।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ