प्रदेश १ मा सरकारबीचको समन्वय बढाउन समिति गठन हुने

प्रदेश १ मा सरकारबीचको समन्वय बढाउन समिति गठन हुने

  • मङ्लबार, पुस २९, २०७६
  • मिर्मिरे अनलाइन

  • 2.6K
    SHARES

विराटनगर २९ पुष । प्रदेश १ को प्रदेश समन्वय परिषद्ले विकास र समृद्धिका लागि साझेदारी बढाउने निर्णय गरको छ ।
आज राजधानी विराटनगरमा सम्पन्न परिषद् बैठकले प्रदेश र स्थानीय तहका सरकारहरुको समन्वय बढाउने र त्यसका लागि बिषयगत समिति गठन गर्ने लगायत २० बुदे निर्णय गरेको छ ।
बैठकमा प्रदेश र स्थानीय तहका प्रतिनिधिहरु सहभागी थिए ।
मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा बसेको बैठकले साझा अधिकारको सूचिमा रहेका अधिकारलाई कार्यन्वयन गर्न कानुन निर्माण गर्ने पनि निर्णय भएको छ ।
बैठकका निर्णय सार्वजानिक गर्दै प्रदेश प्रमुख सचिव सुरेश अधिकारीले दुवै तहका सरकारबीचको साझेदारी र समन्वय बढाइने साझा प्रतिवद्धता जाहेर भएको जानकारी दिनुभयो ।
विभागिय मन्त्रीको संयोजकत्वमा सात वटा विषयत समिति गठन गरिने बताइएको छ । सचिव अधिकारीका अनुसार स्थानीय तहका प्रतिनिधिको समेत संलग्नतामा भौतिक पूर्वाधार, सामाजिक विकास, उद्योग, पर्यटन, वन, योजना, राजश्व तथा लगानी, कानून तर्जुमा कार्यन्वयन, कृषि भूमि तथा सहकारी समिति गठन गरिने भएको हो ।
बैठकमा राष्ट्रिय योजना आयोग, महालेखा परिक्षकको कार्यालय, वित्त आयोग र तथ्यांक विभागले चारवटा कार्यपत्र प्रस्तुत गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ