माघ १ देखि खुल्लामञ्चमा पार्किङ निषेध

माघ १ देखि खुल्लामञ्चमा पार्किङ निषेध

  • मङ्लबार, पुस २९, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

२९ पुष, काठमाडौं ।
भोली माघ १ गते देखि खुल्लामञ्चमा सवारी पार्किङ गर्न निषेध गरिएको छ ।

अव्यस्थित पार्किङले खुल्लामञ्चको स्वरुप विग्रिएको भन्दैं सरोकारवालाहरुले विरोध गरेपछि काठमाडौं महानगरपालिका वडा नम्बर २८ को पहलमा खुल्लामञ्चलाई पार्किङ निषेध गर्न लागिएको हो ।

कुनै समय राजनीतिक पार्टीले आमसभा गर्ने र जनताहरुले बसिबियालो गर्ने खुल्लामञ्च यतिबेला जथाभावी पार्किङ र भौतिक पूर्वाधारहरुको निर्माणले कुरुप बनेको छ ।

खुल्ला ठाउँ खुल्ला नै हुनुपर्छ भन्दै अकुपाई टुँडिखेलका अभियन्ताहरुले निरन्तर विरोध गर्दै आएपछि काठमाडौं महानगरपालिका वडा नम्बर २८ ले जथाभावि पार्किङलाई हटाउन पहलकदमी थालेको छ । माघ १ गते देखि खुल्लामञ्चमा सवारी पार्किङ गर्न निषेध गरीएको व्यानर खुल्लामञ्च परिसरमा टाँगिएको छ ।

सवारी पार्किङले अस्तव्यस्त बनेको खुल्लामञ्चमा पार्किङ हटाउनु निकै सकारात्मक काम भएको सर्वसाधरणले बताएका छन् । ऐतिहासिक खुल्लामञ्चलाई पूरानै स्वरुपमा फर्काइनुपर्ने जनआवाज रहेको छ ।

वीर अस्पताल र दरबार हाइस्कुलका भवन निर्माणका क्रममा सामग्री राख्न महानगरपालिकाले खुल्लामञ्च उपलब्ध गराएको भएपनि तोकिएको समयावधि सकिँदा पनि अझै पनि निर्माण सामाग्री र सवारीसाधान त्यहीँ रहेको महानगरपालिकाको वडा नम्बर २८ ले बताएको छ ।

दुवैलाई निर्माण सामग्री र सवारी हटाउन जानकारी गराइसकेको वडा नम्बर २८ का वडाअध्यक्ष भाइराम खड्कीले बताए ।

माघ १ गतेदेखि खुल्लामञ्चमा पार्किङ निषेधको सूचना आएपछि अनधिकृतरुपमा पार्किङ गर्दैै आएका सवारी चालकहरु भने विकल्प दिएर पार्किङको समस्यालाई हल गर्नुपर्ने बताउछन् ।

काठमाडौं महानगरपालिकाले भने वीर अस्पताल र दरवार हाइस्कुललाई अस्थायी रुपमा निर्माण सामाग्री र ढुवानी सवारी राख्नबाहेक अन्य सार्वजनिक सवारी साधानलाई पार्किङको कुनै व्यवस्थापन नगरिएको महानगरपालिकाका प्रवक्ता इश्वरमान डंगोलले बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ