मुख्यमन्त्री पौडेलको अभिव्यक्तिप्रति विवेकशीलद्धारा खेद प्रकट

मुख्यमन्त्री पौडेलको अभिव्यक्तिप्रति विवेकशीलद्धारा खेद प्रकट

  • सोमवार, पुस २८, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडौं पुस २८।
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अभिव्यक्तिप्रति विवेकशील नेपाली दलले खेद प्रकट गरेको छ ।

विवेकशीलले आज विज्ञप्ति प्रकाशित गरी आफ्ना संसदीय दलका नेता रमेश पौड्यालको मन्तव्यलाई लक्षित गरी आइतबार मुख्यमन्त्री पौडेलले ‘सांसद नै नरहन सक्ने’ अभिव्यक्ति दिएको भन्दै भत्र्सना गरेको हो ।

‘उक्त अभिव्यक्तिमा सम्मानित सर्वोच्च अदालतमा विचाराधीन विषयलाई संसदमा प्रवेश गराउनु गैरसंवैधानिक र व्यक्तिगत द्वेष राखी ‘सांसद नै नरहन सक्ने’सम्मको धम्कीपूर्ण भाषाको प्रयोग गैरसंसदीय भएकाले मुख्यमन्त्रीको उक्त वक्तव्य प्रतिखेद प्रकट गर्दै उक्त अभिव्यक्तिको घोर भर्त्सना गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ ।

साथै, संसदको अभिलेखबाट समेत मुख्यमन्त्रीको अभिव्यक्ति हटाउन विवेकशीलले माग गरेको छ । प्रदेशका नाम र राजधानी स्वीकृत भएपछि आइतबार प्रदेशसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले आफ्नो पार्टीको सचिवालयको निर्णयविरुद्ध बोल्ने हैसियत कसैको नभएको बताएका थिए ।

यसअघि विवेकशीलका संसदीय दलका नेतासमेत रहेका प्रदेश सांसद रमेश पौड्यालले नेकपाले प्रदेश राजधानी तोक्न हृवीपको तरवार चलाउनु दुःखद भएको टिप्पणी गर्दै प्रश्न गरेका थिए । विवेकशीलले प्रदेश राजधानीका काभ्रेको धुलिखेल हुनुपर्ने प्रस्तावसमेत दर्ता गराएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ