प्रधानसेनापति बङ्गलादेश प्रस्थान

प्रधानसेनापति बङ्गलादेश प्रस्थान

  • आइतवार, पुस २७, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

प्रधानसेनापति पूर्णचन्द्र थापा बङ्गलादेशका सेना प्रमुख अजिज अहमेदको निमन्त्रणामा चारदिने बङ्गलादेश भ्रमणमा निस्कनुभएको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उहाँलाई बलाधिकृत रथी शरदकुमार गिरीले बिदाइ गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

बङ्गलादेशमा रहँदा प्रधानसेनापति थापाले त्यहाँका विभिन्न सैनिक एकाइको निरीक्षण भ्रमण गर्नाका साथै उच्चस्तरीय भेटघाट गर्नुहुनेछ ।
उहाँ आगामी माघ १ गते स्वदेश फिर्ता हुनुहुनेछ । सैनिक नेतृत्वबाट हुने यस खाले भ्रमणबाट दुवै देशका सेनाबीचको सम्बन्ध थप सुमधुर एवं प्रगाढ तुल्याउन योगदान पुग्ने नेपाली सेनाले विश्वास लिएको छ ।

महारथी थापा भ्रमणमा रहुञ्जेल बलाधिकृतरथी गिरीले कायममुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्नुहुने सेनाले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ