सूचना विधेयक विश्वव्यापी सिद्धान्त विपरित : शेखर कोइराला

सूचना विधेयक विश्वव्यापी सिद्धान्त विपरित : शेखर कोइराला

  • आइतवार, पुस २७, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

काठमाडौं, पुस २७ ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आमसंचार माध्यम र सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा प्रस्ताव गरिएको सुचना प्रविधि विधेयक लोकतन्त्र तथा विधीको शासनको विश्वब्यापी सिद्धान्त र मान्यता विपरित रहेको बताउनु भएको छ ।

आज प्रेस विज्ञप्ती जारी गर्दै डा. कोइरालाले संविधानले ग्यारेण्टी गरेको नागरिकका बिचार अभिब्यक्ती स्वतन्त्रता तथा प्रेस स्वतन्त्रता कुण्ठित गर्ने मनसायले ल्याउँन लागेको यो विधेयक कुनैपनी हालतमा स्विकार नगर्ने उल्लेख गर्नु भएको हो ।

उहाँले सत्ता र शक्तिलाई लिखित, मौखिक वा सामाजिक संजालमा टिप्पणी गर्दा लेखक, पत्रकार, कार्टुनिष्ट, व्यङ्ग्यकार र सर्वसाधारण नागरिकलाई जेल हाल्ने कानुन ल्याईनु सर्वसत्तावादको पूर्वाभ्यास रहेको बताउनु भएको छ ।
जनआन्दोलनको जगमा स्थापित संघिय लोकतन्त्रिक गणतन्त्र कमजोर हुने काम जो कोहीबाट भए पनी त्यसको सशक्त प्रतिकार नेपाली कांग्रेसले गर्छ विज्ञप्तिमा भनिएको छ । नागरिक समाज, बुद्धिजिवी, पेशागत संघ र संस्थालगायत सम्पुर्ण नागरिकहरु यो विधेयकका बिरुद्धमा एक भएर उभिनुको बिकल्प नभएको बताइएको छ ।

डा. कोइरालाले यो विधेयक विपरित काम भएमा विश्वको जुनसुकै कुनाबाट पनि मुद्दा चलाउन सक्ने हुँदा प्रमाणिकरणको काम विदेशी कम्पनीले पनि पाउने भएपछि नेपाली तथ्यांकमा विदेशी कम्पनीको हालिमुहाली हुनसक्ने अवस्था पनि उत्तिकै रहेको आशंका गर्नू भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ