काठमाडौं, पुस २७ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा सभामुखको कुरा नमिलेपछि प्रतिनिधिसभा बैठक फेरि पनि स्थगित भएको छ ।सहमतिको प्रयासमा प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहानैदेखि शीर्ष नेताहरुबीच छलफल भएको थियो ।
छलफलमा उपसभामुख शिवमाया तुम्बाहाम्फे पनि सहभागी हुन भएको थियो । तर, कुरा नमिलेपछि आज दिउँसो १ बजे निर्धा्रित संसद बैठक आगामी माघ ६ गतेसम्मका लागि स्थगित गरिएको छ ।
नेकपामा उपसभामुख तुम्बाहाम्फेलाई राजीनामा गराउने प्रयास भइरहे पनि उनले अस्वीकार गर्दै आउनु भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline