प्रतिनिधिसभा बैठक आज, सभामुखको उम्मेदवार टुंगो नलाग्दा बैठक अन्योलमा

प्रतिनिधिसभा बैठक आज, सभामुखको उम्मेदवार टुंगो नलाग्दा बैठक अन्योलमा

  • आइतवार, पुस २७, २०७६
  • मिर्मिरे अनलाइन

  • 3K
    SHARES

काठमाडौं, पुस २७ ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाले सभामुखको उम्मेदवार टुंगो लगाउँदा आजको प्रतिनिधिसभा बैठक अन्योलमा परेको छ। दिउँसो १ बजेका लागि बोलाइएको बैठकले सभामुख निर्वाचनको कार्यतालिका गराउने तयारी भए पनि बैठक बस्नेबारे नै अन्योल भएको हो।

अन्योलका कारण बैठकको सम्भावित कार्यसूची नै बन्न सकेको छैन्। नेकपा सचिवालयको हिजो बसेको बैठकले उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई राजीनामा गर्न लगाउने निर्णय गरे पनि सभामुखमा कसलाई उठाउने भन्नेबारे निर्णय गर्न सकेन।

अध्यक्ष केपी शर्मा ओली संसदीय दलका उपनेता एवम् पूर्व सभामुख सुवास नेम्बाङलाई सभामुख बनाउने पक्षमा छन् भने अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड स्थायी समिति सदस्य अग्नी सापकोटालाई सभामुख बनाउने अडानमा छन्।

सभामुख उम्मेदवारको टुंगो नलागेको र उपसभामुखको राजीनामा पनि आइनसकेका कारण सभामुख निर्वाचनको कार्यतालिका बनाउने गरी बस्ने भनिएको प्रतिनिधिसभा बैठक अन्योलमा परेको हो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ