प्रदेश ३ को राजधानी र नामाकरणबारे आज मतदान हुँदै

प्रदेश ३ को राजधानी र नामाकरणबारे आज मतदान हुँदै

  • आइतवार, पुस २७, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

काठमाडौं, पुस २७ ।

प्रदेश ३ को स्थायी राजधानी र नामाकरणबारे आज प्रदेशसभामा मतदान हुँदैछ। बिहान ९ बजे मतदान प्रकृया शुरु हुनेछ। प्रदेशको नाम बाग्मती राख्ने र राजधानी मकवानपुरको हेटौंडा नै कायम गर्ने पक्षमा अधिकांश दलहरु सर्वसम्मत देखिएका छन्।

प्रदेशको स्थायी राजधानी र नामाकरण गर्न प्रदेशसभा सचिवालयमा शनिबारसम्म प्रस्ताव दर्ता भईसकेको छ। प्रस्तावित राजधानी र नामबारे आज आईतबार बस्ने प्रदेशसभामा मतदान हुनेछ।

प्रदेश राजधानीका लागि मकवानपुरको हेटौंडा र काभ्रेको धुलिखेल प्रस्ताव गरिएको छ। तर धुलिखेललाई प्रदेश राजधानी बनाउनुपर्ने पक्षमा विवेकशील साझा मात्र देखिएको छ। नामाकरणबारे भने सबै दल बाग्मतीमै सहमत भएका छन्।

धुलिखेललाई स्थायी राजधानी कायम गर्ने पक्षमा विवेकशील नेपाली दलका रमेश पौड्याल प्रस्तावक तथा साझा पार्टीका शोभा शाक्य र विवेकशील नेपाली दलका विराजभक्त श्रेष्ठको समर्थन गरेका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ