धनगढी/ सुदूरपश्चिम प्रदेशमा चालू आर्थिक वर्षमै संचालन हुनेगरि जडीबुटी उद्योग स्थापना गर्ने निर्णय भएको छ। मन्त्रीस्तरिय निर्णय गरि उधोग पर्यटन वन तथा वातावरण मन्त्रालयले वार्षिक स्विकृत कार्यक्रम अन्तरगत जडीबुटी उद्योग स्थापना गर्ने निर्णय गरेको हो ।
सुदूरपश्चिम प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्टको संयोजकत्वमा र आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराको विशेष उपस्थितिमा वसेको बैठकले चैत्रमसान्तभित्र जडीबुटी उद्योग स्थापना गर्ने निर्णय गरेको मन्त्रालयले जनाएको छ ।
सार्वजनिक निजि साझेदारी क्षेत्र अन्तरगत सुदूरपश्चिम प्रदेशमा जडीबुटी संकलन, खेति विस्तार, प्रशोधन र उत्पादन, कम्पनी स्थापना र संचालनका लागि चालु आर्थिक वर्षमा १० करोड विनियोजन गरिएको मन्त्रालयका शाखा अधिकृत भोजराज पाठकले बताए।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline