हेटौंडा, पुस २६ ।
विवेकशील साझा पार्टीका सांसदहरूले काभ्रेको धुलिखेललाई प्रदेश ३ को राजधानी बनाउन प्रस्ताव गरेका छन् । उनीहरूले आफ्नो प्रस्ताव आज प्रदेशसभा सचिवालयमा दर्ता गराएका छन् ।
प्रदेश ३ को नाम ‘वागमती’मा सहमत हुँदै राजधानी धुलिखेल हुनुपर्ने प्रस्ताव दर्ता गराएको प्रस्तावक रमेश पौडेलले जानकारी दिनुभयो । सांसद पौडेलको यो प्रस्तावमा बिराजभक्त श्रेष्ठ र शोभा शाक्य समर्थक छन् । प्रदेश ३ विवेकशील साझा पार्टीका तीन सांसद छन् ।
बहुमत सदस्य रहेको नेकपाले प्रदेश ३ को नाम वागमती र राजधानी हेटौंडा राख्ने निर्णय गर्दै सबै दलको समर्थन जुटाउन प्रयास गरिरहेको छ । प्रदेशसभाको दुई तिहाइ बहुमतले नाम र राजधानी टुंगो लगाउनुपर्छ ।
संसदमा प्रतिनिधित्व गरेका नेकपा, कांग्रेस, राप्रपा र राप्रपा संयुक्तले भने शनिबारै राजधानी हेटौंडा र नाम वागमतीमा सहमती जनाएर संयुक्तरूपमा प्रस्ताव दर्ता गराएका छन् ।
प्रदेशको नाम र राजधानीबारे आज दिउँसो एक बजेदेखि छलफल हुँदै छ । आइतबार मतदान हुने छ । बहुमत सदस्य रहेको नेकपाले प्रदेश ३ को नाम वागमती र राजधानी हेटौंडा राख्ने निर्णय गर्दै सबै दलको समर्थन जुटाउन प्रयास गरिरहेको छ ।