प्रदेश ३ को राजधानीको स्थान र नाम दर्ता हुँदै

प्रदेश ३ को राजधानीको स्थान र नाम दर्ता हुँदै

  • शनिबार, पुस २६, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

काठमाडौं, पुस २६ ।
प्रदेश ३ को स्थायी राजधानी र नाम सम्वन्धी प्रस्ताव प्रदेशसभामा औपचारिक रुपमा आज दर्ता हुदैछ । स्थायी राजधानी नामकरण र प्रदेश नामकरण सम्बन्धी कार्य्विधि २०७६ अनुसार प्रदेशको स्थायी राजधानीको स्थान र नाम प्रदेशसभा सचिवालयमा आज दर्ता हुने सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

श्रेष्ठका अनुसार सदनमा दर्ता भएको स्थायी राजधानीको स्थान र नामबारे आजै अपरान्ह १ बजेबाट बस्ने प्रदेशसभाको बैठकमा छलफल प्रारम्भ हुनेछ । प्रदेश सभामा छलफल सकिएपछि भोलि निर्णायार्थ पेश हुने सभामुख श्रेष्ठले बताउनुभयो ।

यद्यपी प्रदेशको नाम बाग्मती र राजधानी हेटौटा राख्ने सत्तारुढ नेकपाले निर्णय गरिसकेकाले सोही प्रस्ताव पारित हुनेछ । प्रदेश ३ मा सत्तारुढ दलकै बहुमत छ ।

स्थायी राजधानीको स्थान र नामको बारेमा पार्टीले गरेको निर्णय विरुद्ध नजान नेकपाले आफ्ना सांसदलाई हिृप जारी गरिसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ