धनकुटा, पौष २५ गते । धनकुटाको चौबिसे गाउँपालिका-२ स्थित बतासे-शुक्रबारे भित्री कच्ची सडक खण्डको बतासे-फिमरे खोल्सीमा मोटरसाईकल दुर्घटनामा १ जनाको मृत्यु भएको छ ।
आज बिहान साढे ७ बजेको समयमा स्थानीय ३० बर्षिय टेक बहादुर लिम्बुलाई खोल्सीमा टाउको ढुङ्गाले ठोकिएर मृत्यु भएको अवस्थामा पैदलयात्रीले देखेपछी प्रहरीलाई खबर गरेका थिए ।
हिजो राती बजारबाट घर तर्फ जाने क्रममा को.२८.प.८०५२ नंबरको मोटरसाईकलमा सवार उनी सडक बाट अंदाजी २/३ मिटर तल झर्दा उनको मृत्यु भएको अनुसन्धानको क्रममा खुल्न आएको छ ।
कानूनी प्रकृया तथा थप अनुसन्धानकोलागी ईलाका प्रहरी कार्यालय राजारानीबाट प्रहरीको टोली खटिएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline