काठमाडौं, पुस २५ ।
सरकारले आजदेखि उखु मिल सञ्चालकहरुले उखु किसानको बक्यौता रकम दिएको वा नदिएकोबारे अनुगमन सुरु गर्ने भएको छ ।
सरकार र उखु किसानबीच भएको सहमति अनुसार मिल सञ्चालकले भुक्तानी दिएको, नदिएकोबारे आजदेखि अनुगमन थालिने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयकी उपसचिव उर्मिला केसीले जानकारी दिनुभयो ।
अनुगमनका लागि मन्त्रालयले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई पत्र पठाइसकेको र आजदेखि विभाग र जिल्लामा रहेका अन्य संयन्त्रको माध्यमबाट अनुगमन गरिने उहाँले बताउनु भयो । सरकार र उखु किसानबीच माघ ७ गतेभित्र सबै भुत्तानी दिइसक्ने सहमति भएको छ ।
गत पुस १८ गते सम्झौता भएपछि केही मिल सञ्चालकले उखु किसानको भुक्तानी बापतको रकम दिन सुरु गरिसकेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline