अरु सबै सकिएर श्री ६ र श्री ५ को जय भन्ने मात्रै टिक्छन् : गगन थापा

अरु सबै सकिएर श्री ६ र श्री ५ को जय भन्ने मात्रै टिक्छन् : गगन थापा

  • बिहिबार, पुस २४, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले सरकार नागरिकको मुख थुन्न लागेको बताएका छन् । नेपाल विद्यार्थी संघ ९नेविसंघ० ले बिहीबार माइतीघर मण्डलामा आयोजना गरेको सूचना प्रविधि विधेयकविरुद्धको सभालाई सम्बोधन गर्दै नेता थापाले विधेयकहरु नागरिकको अधिकार खोस्ने गरी आइरहेको बताए ।

ुविधेयक यसरी आउनुको पछाडि प्रधानमन्त्री बलियो भएर होइन लुते भए हो’ उनले भने, ‘प्रधानमन्त्रीले काम गरेर जवाफ दिने हिम्मत गर्नुभएन, सामाजिक सञ्जालमा आएको आफूमाथि हुने टिप्पणीलाई नियन्त्रण गर्ने गरी कानून बनाउन खोज्नुभयो ।’ सूचना प्रविधि विधेयक अहिलेको अवस्थामा परित भए सरकारका अरिङ्गाल बाहेक कोही बाँकी नरहने थापाले जिकिर गरे ।

विधेयक जस्ताको तस्तै पारित भए सरकारका अरिङ्गाल बाहेक कोही बाँकी रहँदैनन्। नेकपा र अखिलका साथीहरुले बुझे हुन्छ भीम रावल र रामकुमारी झाँक्री पनि पक्राउ पर्छन्,’ थापाले भने, ‘यहाँ श्री ६ बडामहारानी विद्या भण्डारीको जय, श्री ५ प्रधानमन्त्री केपी ओलीको जय, श्री ३ प्रचण्डको जय भन्नेहरु टिक्छन् । अरु सबै सकिन्छन् ।’ यस्तै उनले सूचना प्रविधि विधेयकमाथि सडकदेखि सदनसम्म छलफल गर्न तयार रहेको बताए ।

यो विधेयकका विरोध पारित हुन नदिन संसदमा र सडकमा लड्ने उनले बताए ।

काँग्रेस केन्द्रीय सदस्य प्रदीप पौडले पनि नागरिकको अधिकार रक्षाका लागि संसदमा सडकको साथ आवश्यक रहेको बताएका थिए ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ