ऊर्जामन्त्री पुन यूएई प्रस्थान, दुई छुट्टा छुट्टै सत्रलाई सम्बोधन गर्ने

ऊर्जामन्त्री पुन यूएई प्रस्थान, दुई छुट्टा छुट्टै सत्रलाई सम्बोधन गर्ने

  • बिहिबार, पुस २४, २०७६
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

काठमाडौं, पुस २४ ।
अन्तर्रा्ष्ट्रिय नवीकरणीय ऊर्जा संघको वार्षिक सम्मेलनमा सहभागी हुन ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन आज यूएई प्रस्थान गर्नु भएको छ ।

पाँच सदस्यीय टोलीको नेतृत्व गर्दै मन्त्री पुन बिहान साढे १० बजे त्यस तर्फ प्रस्थान गर्नु भएको हो । उहाँले सम्मेलनलाई यही पुस २६ र २७ गते दुई छुट्टाछुट्टै सत्रलाई सम्बोधन गर्ने मन्त्री पुनका प्रेस संयोजक दयानिधी भट्टले जानकारी दिनुभयो ।

मन्त्री पुन नेतृत्वको नेपाली प्रतिनिधिमण्डल २८ गते स्वदेश फर्किने छ । टोलीमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक डा. मधुसुदन अधिकारी लगायत छन् ।

अन्तर्रा्ष्ट्रिय नवीकरणीय ऊर्जा संघको सम्मेलन हरेक वर्ष आयोजना हुन्छ । यसमा १२० भन्दा बढी सदस्य राष्ट्र छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ