राष्ट्रिय सभा उम्मेद्वारको नामवली प्रकाशन आज

राष्ट्रिय सभा उम्मेद्वारको नामवली प्रकाशन आज

  • बुधबार, पुस २३, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काठमाडौं, पुस २३ ।
निर्वाचन आयोगले राष्ट्रियसभामा आगामी माघ ९ गते हुने निर्वाचनमा मनोनयन दर्ता गराएका उम्मेदवारको नामावली आज प्रकाशन गर्दैछ ।

उम्मेदवारविरुद्ध कुनै पनि उजुरी परेको छैन । नियमित निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारको नामावली प्रकाशन गर्नै आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

आयोगले भोलि उम्मेद्वारको नाम फिर्ता लिने कार्यतालिका तय गरेको छ । मनोनयनमा परेका उम्मेदवारले बिहान १० बजेदेखि ४ बजेसम्म आफ्नो उम्मेदवारी फिर्ता लिन सक्नेछन् ।

आयोगले शुक्रबार उम्मेदवारको अन्तिम नामवलि प्रकाशन गर्ने भने सोही दिन निर्वाचन चिन्ह प्रदान गर्ने आयोगले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ