काठमाडौं, पुस २२ ।
संघीय समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले संसदमा विचाराधीन सूचना तथा प्रविधि विधेयकको विरोध गर्नु भएको छ । केही समयअघि सरकारबाट बाहिरिएका यादव उपप्रधानमन्त्री हुँदै सरकारले यो विधेयक संसदमा पेश गरेको थियो ।
अध्यक्ष यादवले आज प्रेस विज्ञप्ति जारी गर्दै विधेयकले नागरिकको वाक स्वतन्त्रतालाई अपराधीकरण गर्न खोजेको भन्दै परिमार्जन नगरी जारी गर्न नहुने बताउनु भएको हो ।
उहाँले राष्ट्रिय मानव अधिकार आयोग लगायत संस्था र बुद्धिजीवीले समेत विधेयकलाई परिमार्जन नगरी जारी गर्न नहुने सुझाव दिएको उल्लेख गर्नु भएको छ ।
विधेयकमा भएका अस्पष्ट परिभाषा तथा द्वीअर्थी भाषाले सरकारी अधिकारीलाई नागरिकका सामाजिक सञ्जाल नियन्त्रण गर्न अधिकार दिएको र यसले लोकतान्त्रिक अभ्यास नियन्त्रण गर्ने उहाँको बुझाइ छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline