भारतीय सुरक्षाकर्मीद्धारा अपहरित नेपाली नागरिकको स्थिति अझै अज्ञात

भारतीय सुरक्षाकर्मीद्धारा अपहरित नेपाली नागरिकको स्थिति अझै अज्ञात

  • मङ्लबार, पुस २२, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

पुष २२ कपिलबस्तु । नेपाल भारत सीमा क्षेत्रको मर्यादपुर बजारबाट भारतीय सुरक्षाकर्मीले अपहरण गरी वेपत्ता बनाएका नेपाली नागरिक मोवारक खाँको स्थिति अज्ञात रहेको र सरकारले कुनै कदम नचालेको भन्दै चिन्ता व्यक्त गरिएको छ ।
ती युवाको रिहाईको पहल गर्न जिल्लामा सर्वपक्षीय रुपमा नेपाल सरकारसँग माग गरिएको छ । नेपाली नागरिकलाई नेपालमै आएर भारतीय सुरक्षाकर्मीले अपरण गरी लैजानु गम्भीर विषय भएको भन्दै जिल्लामा सर्वदलीय बैठकबाट घटनाको घोर निन्दा भएको छ ।
सर्वदलीय बैठकले अहरणमा परेका यशोधरा गाउँपालिका–८ मटेरियाका ४० वर्षीय मोवारक खाँको स्थिति पत्ता लगाई यथाशीघ्र रिहाई पहल गर्न नेपाल सरकारलाई आग्रह गरेका छन् । नेपाली कांग्रेसका नेता तथा पुर्व राजदुत दीपकुमार उपाध्यायको नेतृत्वमा जिल्लाका राजनैतिक दलका नेताहरुले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमंत्रीलाई ज्ञापन पत्र बुझाएका थिए । ज्ञापन पत्रमा अपहरित युवाको रिहाई र सीमा क्षेत्रमा नेपाली नागरिकको शान्ति सुरक्षाको पूर्ण ग्यारेन्टी गर्न माग गरिएको छ ।

पुर्व राजदुत दीपकुमार उपाध्यायले यो समान्य घटना नभएको भन्दै नेपाल सरकारले यो विषयमा गम्भीर भइ भारत सरकारको उच्च तहमा तत्काल वार्ता र संवाद अघि बढाउनु पर्ने बताए ।
खांलाई शनिबार दिउँसो भारतीय सुरक्षाकर्मीहरुले सीमा नाकाको मर्यादपुर बजार नजिकबाट अपहरण गरी लगेका थिए । आफ्नो छोरालाई किन के कारणले भारतीय सुरक्षाकर्मीहले अपहरण गरी लगे आफुहलाई थाहा नभएको अपहरित खाँका पिता निसार खाँले बताए ।

यस विषयमा सरकारले कुनै प्रतिकृया जनाएको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ