ईराकमा बढ्दो सुरक्षा खतराका कारण सात नेपाली स्वदेश फिर्ता, अरु पनि आउने तयारीमा

ईराकमा बढ्दो सुरक्षा खतराका कारण सात नेपाली स्वदेश फिर्ता, अरु पनि आउने तयारीमा

  • मङ्लबार, पुस २२, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

पुष २२ काठमाण्डौं । ईराकमा अमेरीकी आक्रमणमा परी ईरानी जनरल क्वासीम सुलेमानीको हत्या पछि उत्पन्न संकट र आक्रमणको त्रासमा विदेशी कामदारले ईराक छाड्न थालेका छन् । अमेरीकी बेस क्याम्पमा रहेका सात नेपाली स्वदेश आएका छन् । अरु पनि जुनसुकै बेला आउने तयारीमा रहेको बताईएको छ । यसै गरी अन्य देशका कामदार पनि फर्कन शुरु गरेका छन् । अमेरीकी सेनाको क्याम्मा मात्रै २ सय नेपाली रहेको अनुमान गरिएको छ ।

इरान र अमेरिकाबीच तनाव चुलिएपछि बग्दादस्थित अमेरिकी सेनाका लागि सहयोगीको काम गरिरहेका कम्पनीले आवश्यक कामदार राखेर बाँकीलाई आइतबारदेखि पठाउन थालेका हुन् । आइतबार र सोमबार फर्काइएको टोलीमा नेपाली सात जना छन् । ‘
अमेरिकी बेस क्याम्पबाहिर कार्यरत नेपालीलाई भने रोजगारदाता कम्पनीले नआत्तिन भनेको छ । उक्त होटलमा १६ जना नेपाली कार्यरत छन् ।

अवस्था प्रतिकूल बनेपछि होटलमा विदेशी पाहुना आउनेक्रम घटेको छ । बेबिलोन होटलमा कार्यरत गोरखाका कुन्दन घलेले भने, ‘हामी नियमित ड्युटीमै छौं । कम्पनीबाट चिन्ता लिनुपर्ने अवस्था छैन भनिरहेको छ,  यही कुरा हामीले परिवारलाई सुनाएका छौं ।’ बेबिलोनमा करिब सय नेपाली कार्यरत छन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले इराकमा रहेका नेपालीबारे सूचना संकलन गर्न सोमबार संयन्त्र बनाएको छ । इराक मामिला हेर्ने कुवेतस्थित नेपाली दूतावासले पनि इराकमा रहेका नेपालीसँग सम्पर्क बढाइरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी