पौडेल सिटौला समुहका सभापतिहरुको भेला

पौडेल सिटौला समुहका सभापतिहरुको भेला

  • सोमवार, पुस २१, २०७६
  • मिर्मिरे अनलाइन

  • 3.1K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसका असन्तुष्ट पक्षले आज जिल्ला सभापतिहरुको भेला बोलाएका छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा. शसांक कोइरालाले पार्टीको पछिल्लो अवस्थाबारे छलफल गर्न भन्दै ७७ जिल्ला सभापतिहरुलाई पार्टी केन्द्रीय कार्यालय बोलाएका छन् ।

तर भेलामा सभापति शेरबहादुर देउवा पक्षीय सभापतिहरु भने सहभागि नबन्ने भएका छन् ।

पार्टीको १४ महाधिवेशनको कार्यतालिका र नेपाल विद्यार्थी संघको तदर्थ समिति बनाउने विषयमा कुरा नमिल्दा पौडले पक्षले लामो समयदेखि केन्द्रीय समिति बैठक बहिस्कार गर्दै आएको छ ।

भेलामा पौडेल पक्षीय केन्द्रीय सदस्य तथा सांसदहरुलाई समेत आमन्त्रण गरिएको छ । करीब ४० जिल्लाका सभापतिहरु राजधानीमा भेला भएको जनाईएको छ । सभापतिको हिशाबमा संस्थापन पक्ष भन्दा पौडेल सिटौला पक्ष बलियो देखिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ