राष्ट्रिय सभाका उम्मेद्वारमाथि उजुरी दिने समय आज

राष्ट्रिय सभाका उम्मेद्वारमाथि उजुरी दिने समय आज

  • सोमवार, पुस २१, २०७६
  • मिर्मिरे अनलाइन

  • 2.3K
    SHARES

काठमाडौं, पुस २१ ।
निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि हिजो मनोनयन दर्ता गराएका उम्मेद्वार विरुद्ध आज उजुरी दिन सकिने जनाएको छ । हिजो मनोनयन दर्ता गराएका उमेद्बार विरुद्ध उजुरी दिनका लागि आयोगले अपरान्ह ४ बजेसम्मको समय उपलब्ध गराएको हो ।

निर्वाचनका लागि अयोग्य रहेको भए यस्ता उम्मेद्वारविरुद्ध स–प्रमाण सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ । प्राप्त उजुरी माथि आयोगले भोलि जाँचबुझ गरी आवश्यक निर्णय गर्ने प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उम्मेद्वारको अन्तिम नामावली यही २३ गते प्रकाशन हुनेछ । २४ गते नाम फिर्ताको समय दिएको आयोगले त्यसको भोलिपल्ट उमेद्बारको अन्तिम नामावली प्रकाशित गर्ने कार्यतालिका छ ।

सोहि दिन उम्मेद्वारलाई निर्वाचन चिन्ह प्रदान गरिने प्रबक्ता श्रेष्ठले जानकारी दिनुभयो । राष्ट्रिय सभाको निर्वाचन आगामी माघ ९ गते बिहान १० देखि अपरान्ह ४ बजेसम्म हुनेछ । राष्ट्रिय सभाको १८ सिटमा ४५ जनाको उम्मेदवारी परेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ