नाम र राजधानी टुंगो लगाउन प्रदेश ३ को प्रदेशसभा बैठक बस्दै

नाम र राजधानी टुंगो लगाउन प्रदेश ३ को प्रदेशसभा बैठक बस्दै

  • सोमवार, पुस २१, २०७६
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

हेटौंडा पुस २१ ।
प्रदेश नं ३ को प्रदेशसभा बैठक आज बस्दैछ । प्रदेशको नाम र राजधानीको टंगो लगाउन आज अपरान्ह ३ बजे बैठक बस्न लागेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

आर्थिक वर्ष ०७६र७७ को बजेट पारित गर्दै गत भदौ २४ बाट स्थगित बैठक आज बस्न लागेको हो । त्यस अघि विहान ११ बजे कार्य व्यवस्था परामर्श समितिको बैठक बस्दै छ । परामर्श समतिको बैठकले प्रदेशसभा बैठकको एजेण्डा तय गर्नेछ ।

प्रदेशसभाको दुई तिहाइ बहुमतबाट प्रदेशको नाम र राजधानी टुंगो लगाउनुपर्ने संवैधानिक व्यवस्था छ । तर, प्रदेश ३ मा नेकपाबीचमै प्रदेशको नाम र राजधानीलाई लिएर विमति छ ।

केही दिनअघि बसेको नेकपा सचिवालय बैठकले नाम ‘वाग्मती’ र राजधानी ‘हेटौंडा’ कायम गर्न निर्देशन दिए पनि पार्टी केन्द्रले हस्तक्षेप गरेको भन्दै नेताहरू रुष्ट छन् । खासगरी नामभन्दा पनि राजधानीको विषयमा नेकपा सांसदहरूको असहमति छ ।

पार्टी सचिवालयको निर्णयलाई अनुमोदन गराउन हिजो नेकपा प्रदेश ३ संसदीय दलको बैठक बसे पनि बिनानिष्कर्ष भोलीसम्मका लागि स्थगित भएको छ ।उता, प्रदेश ३ संसदको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस भने यसबारे अझै अन्योलमा छ ।

कांग्रेसको प्रदेश ३ संसदीय समितिका अनुसार यसबारे छलफल गर्न सोमबार बिहान बैठक बोलाइएको छ । प्रदेशको नाम र राजधानीबारे मतदान भएमा नेकपाको प्रस्ताव पारित हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ