काठमाडौं, पुस २१ ।
प्रमुख प्रतिपक्षी दल नेपाल कंग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आज जिल्ल सभापतिहरुको भेला बोलाएको छ । भेला ललितपुरको सानेपा स्थित पार्टी मुख्यालयमा विहान ११ बजेका लागि बोलाइएको छ ।
पार्टी सभापति शेरबहादुर देउवालाई दबाब दिन नेता पौडेल पक्षले भेला आह्वान गरको हो । देउवाले एकलौटी ढंगमा महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको र विधानका महत्वपूर्ण धारा निलम्बन गरेको भन्दै त्यसलाई सच्चाउन पौडले पक्षले आज जिल्ला सभापतिलाई छलफलका लागि बोलाएको हो ।
पौडेल पक्षले आफू निकट ४० भन्दा बढी जिल्ला सभापतिलाई छलफलका लागि बोलाएको जनाएको छ । गत निर्वाचनबाट कमजोर बनेको पार्टीमा भर्खरै बनेको विधान मिच्ने एकलौटी ढंगमा अघि बढ्ने प्रवृत्तिले पार्टीलाई झन कमजोर बनाउने संस्थापन इतरपक्षको आरोप छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline