नेकपा सचिवालय बैठक जारी, सभामुखको उम्मेदवारबारे छलफल

नेकपा सचिवालय बैठक जारी, सभामुखको उम्मेदवारबारे छलफल

  • आइतवार, पुस २०, २०७६
  • मिर्मिरे अनलाइन

  • 3.8K
    SHARES

काठमाडौं, पुस २० ।
सभामुख पदको उम्मेदवार चयन लगायतका विषयमा छलफल गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको बैठक आज बसीरहेको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा आगामी केन्द्रीय समितिको बारेमा पनि आजको बैठकमा छलफल हुनेछ ।

सभामुख टुंगो नलाग्दा प्रतिनिधिसभा बैठक बस्न नसकिरहेकाले छिटो उम्मेदवार टुंगो लगाउने दबावमा नेकपा छ । कृष्णबहादुर महरा यौनदुर्व्यवहारको आरोपमा पक्राउ परेपछि रिक्त भएको सभामुख पदमा पूर्वएमालेबाट सुवास नेम्वाङ र पूर्वमाओवादीबाट अग्नि सापकोटाले दाबी गर्दा नेकपा अनिर्णित छ ।

यसैबीच नेकपाले यही यही पुस २३ गते बोलाइएको केन्द्रीय समितिको बैठकलाई पछि सार्ने तयारी गरेको छ । राष्ट्रियसभा निर्वाचन र सभामुखको उम्मेदवार चयनमा नेताहरु व्यस्त हुनुपर्ने कारण देखाउँदै बैठक स्थगित गर्ने तयारी भइरहेको हो ।

तत्कालीन एमाले र तत्कालीन माओवादीबीच पार्टी एकता भएपछि नेकपाको केन्द्रीय समितिको बैठक औपचारिक रुपमा बस्न सकेको छैन । नेकपाको केन्द्रीय समिति चार सय ४१ सदस्यीय छ । केन्द्रीय समितिमा तत्कालीन एमालेबाट दुई सय ४१ र तत्कालीन माओवादी केन्द्रबाट दुई सय जना छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ