पुष १९ धरान । रजत जयन्तिको अवसरमा मिजार सेवा समाजले धरानमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । शनिबार लोकतान्त्रिक चौतारीमा भएको रक्तदानमा धरान उपमहानगरपालिकाकी उपमेयर मन्जु भण्डारी लगायत विभिन्न दलका नेताहरु उपस्थित थिए । २३ जनाले रक्तदान गरेको आयोजकले जनाएको छ । उपमेयर भण्डारीले रक्तदान जीवनका लागि महत्वपूर्ण काम भएको भन्दै समाजलाई धन्यावाद दिएकी थिईन् ।
कार्यक्रममा कार्यक्रममा नेकपा क्रान्तिकारी माओवादीका धरान सेक्रेटरी पारस लिम्बु ,त्यसैगरी समाजवादी पार्टी धरानका अध्यक्ष ताजुव लिम्बु परियार सेवा समाज सुनसरीका अध्यक्ष खगेन्द्र नेपाली, उपेक्षित उत्थान सरोकार केन्द्रका संरक्षक लालवहादुर विश्वकर्मा, दलित विकास समिति धरानका अध्यक्ष किशोर परियार, संस्थागत विद्यालय शिक्षक युनियनका आनन सूब्वा, मिजार युवा समाजका अध्यक्ष आशिष विसुङके लगायतले दलित समुदायको हरेक क्षेत्रमा महत्वपुर्ण योगदान रहेको बताएका थिए । समाजका अध्यक्ष धनबहादुर हमालको अध्यक्षतामा सम्पन्न कार्यक्रम सचिव विजय अछामीले सञ्चालन गरेका थिए । 
कार्यक्रममा समाजका संरक्षक गोपाल मंग्राती, सल्लाहाकार सोमवहादुर विसुङ्के, गोपाल अछामी, किरात याक्थुम चुम्लुङका केन्द्रीय सल्लाहाकार नरप्रसाद लङफुङ्वा लिम्बू, नेपाल दलित संघका केन्द्रीय सदस्य राम परियार, नेपाल पत्रकार महासंघ ललितपुर जिल्ला शाखा उपाध्यक्ष सिर्जना तिम्सिना, नेपाल साहित्यिक पत्रकार संघ १ नं। प्रदेश समिति अध्यक्ष लम्जेल सङ्घर्षशील, सिल्पी विशेष समिति १ नं। प्रदेश अध्यक्ष नरेश विश्वकर्मा, धरान मनिहारी उपहार व्यापार संघका अध्यक्ष रामस्वरुप शर्मा, दर्पण सेक्युरिटी सर्भिस कम्पनी प्रा।लि।का निर्देशक जुद्ध लोहनी, आशिष वचत तथा ऋण सहकारी संस्था लि।का प्रबन्धक महिन्द्र वोगटी, मरिक९डोम०सामुदायिक उत्थान मञ्चका रामधारी बास्फोर लगायतको उपस्थिति रहेको थियो ।

सो समाजले आफ्नो रजत जयन्ती तथा धरान स्थापना दिवसको अवसरमा पुस २० गते छाताचौक देखि भानुचौकसम्म चेतनामुलक नगर सरसफाई कार्यक्रम आयोजना गर्ने भएको छ । पुस २६ गते समाजको भव्य रजत जयन्ती समारोहको तयारी भइरहेको समाजका अध्यक्ष धनबहादुर हमालले बताएका छन् ।