राष्ट्रियसभा निर्वाचनका लागि मनोनयनको तयारी,भोलि मनोनयन दर्ता

राष्ट्रियसभा निर्वाचनका लागि मनोनयनको तयारी,भोलि मनोनयन दर्ता

  • शनिबार, पुस १९, २०७६
  • मिर्मिरे अनलाइन

  • 2.9K
    SHARES

काठमाडौं पुस १९ ।
राष्ट्रियसभा निर्वाचनका लागि भोलि मनोनयन दर्ता हुँदैछ । दुई वर्षे कार्यकाल पूरा गरेर रिक्त हुन लागेका १९ सदस्यमध्ये १८ पदका लागि आगामी माघ ९ गते निर्वाचन हुन लागेको हो ।

एक पद सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित गरिनेछ । निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी र राष्ट्रिय जनता पार्टी तथा नेपाली कांग्रेस र समाजवादी पार्टी गठबन्धन बनाएर जाने भएका छन् ।

नेकपाले १८ मध्ये १६ जना उम्मेदवारको नाम टुंगो लगाएको छ । नेपाली कांग्रेसले आन्तरिक विवादका कारण उम्मेदवार चयन गर्न सकेको छैन । उम्मेदवार चयनको जिम्मा कांग्रेसले पार्टी पदाधिकारीलाई दिएको छ ।

राजपा र समाजवादीले आजसम्म उम्मेदवार तय गर्ने जनाएका छन् । नेकपा र राजापाबीच प्रदेश नम्बर २ मा २—२ सिटमा सहमति भएको छ । कांग्रेस र समाजवादी पार्टीबीच प्रदेश–२ का ४ सीटमा तालमेल गर्ने सहमति भएको छ ।

कांग्रेसका तर्फबाट महिला र अल्पसंख्यक र समाजवादीका तर्फबाट दलित र अन्य पदमा उम्मेद्वारी दिने सहमति भएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ