मकवानपुर, पुस १९ ।
नाम र राजधानीको विषयमा छलफल गर्न नेकपा प्रदेश नम्बर ३ को संसदीय दलको बैठक आज पनि बस्दैछ । बिहान ११ बजे मुख्यमन्त्री निवासमा बस्ने बैठकमा प्रदेशको नाम र राजधानीका विषयमा छलफल गर्ने र सर्वसम्मत ढंगले अगाडी बढाउने तयारी भएको नेकपा प्रदेश संसदीय दलले जनाएको छ ।
हिजो बैठकमा मुख्यमन्त्री पौडेलले पार्टीको सचिवालयले गरेको निर्णय अनुसार प्रदेश ३ को स्थायी राजधानी हेटौँडा र नाम वागमती कायम गर्न सबै एकजुट हुनुपर्ने बताउनुभएको थियो ।
तर नेकपाका केही सांसदले सचिवालयको निर्णय मान्य नहुने भन्दै राजधानी काभ्रेमा बनाउनुपर्ने बताएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline