देउवाले पार्टी समाप्त पार्न लागेको नेतृ कोइरालको आरोप

देउवाले पार्टी समाप्त पार्न लागेको नेतृ कोइरालको आरोप

  • शुक्रबार, पुस १८, २०७६
  • मिर्मिरे अनलाइन

  • 3.6K
    SHARES

बुटवल, पुस १८ ।
प्रतिपक्षी दल नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले सभापति शेरबहादुर देउवाले पार्टी समाप्त पार्न लागेको आरोप लगाउनु भएको छ ।

प्रेस युनियनले आज रुपन्देहीको बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सुजाताले फेरि पार्टी सभापति बन्ने लोभमा देउवाले पार्टी समाप्त गर्न खोजेको बताउनु भएको हो ।

उहाँले आन्तरिक विवाद नमिले आउने चुनावमा कांग्रेस जिरो हुने भविष्यवाणी गर्नु भएको हो । कांग्रेसलाई भोट हाल्दा अन्य कार्यकर्ताको पनि हात काँप्ने स्थिति नआओस् भन्नेतर्फ ध्यान दिनु पर्ने उहाँले बताउनुभयो ।

पार्टीको विवाद तत्काल अन्त्य गर्नुपर्ने र कांग्रेस बलियो बनाउनुपर्ने कोइरालाको धारणा छ । कांग्रेस महाधिवेशनमा सबैको साझा उम्मेदवार बन्नुपर्ने र पार्टीलाई बलियो बनाउनेलाई जिताउनुपर्ने उहाँको भनाइ छ ।

कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी कोइरालाले कांग्रेस बलियो भएमात्रै लोकतन्त्र बलियो हुने बताउनुभयो । शशांक र शेखर कोइरालासँग आफ्नो कुनै विवाद नभएको दाबी गर्दै उहाँले कोइराला परिवार भनेर मात्रै नभएर पार्टीमा योगदान गरेको इतिहास पनि रहेका बताउनुभयो । साथै उहाँले जो भए पनि मिलेरै अगाडि बढ्ने बताउनुभयो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ