नेकपाद्धारा राष्ट्रियसभा निर्वाचनको उम्मेदवार छनोट ,नारायणकाजी श्रेष्ठ पनि चुनाव लड्ने

नेकपाद्धारा राष्ट्रियसभा निर्वाचनको उम्मेदवार छनोट ,नारायणकाजी श्रेष्ठ पनि चुनाव लड्ने

  • शुक्रबार, पुस १८, २०७६
  • मिर्मिरे अनलाइन

  • 2.9K
    SHARES

काठमाडौं, पुस १८ ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारहरु टुंगो लगाएको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले सातै प्रदेशबाट राष्ट्रियसभाका लागि उम्मेद्वारहरुको टुंगो लागेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

बैठकले प्रदेश १ मा महिलाबाट इन्दु गौतम, दलितबाट गोपी अछामी र अन्यबाट देवेन्द्र दाहाल उम्मेदवार भएका छन् । प्रदेश २ मा महिलाबाट तुलसा दाहाल र दलितबाट राधेश्याम पासवान तथा प्रदेश ३ मा महिलामा गंगा बेलवासे र अन्यमा बेदुराम भुसाल छन् ।

गण्डकी प्रदेशमा अन्यबाट नारायणकाजी श्रेष्ठ र महिलामा भगवती न्यौपाने उम्मेदवार छन् । यस्तै प्रदेश ५ मा महिलाबाट विमला घिमिरे र अपाङ्ग तथा अल्पसंख्यकमा जगप्रसाद शर्मा, अन्यबाट गोपाल भट्टराई, कर्णाली प्रदेशमा अन्यबाट मायाप्रसाद शर्मा, महिलाबाट सुमित्रा विसी छन् ।

त्यस्तै सुदूरपश्चिम प्रदेशमा महिलाबाट शारदा भट्ट र अन्यबाट तारामान स्वांरलाईको नाम सिफारिस गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ