विराटनगर, पुस १७ । पराराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले लिपुलेक काली नदिको मुहान भन्ने कुरा नेपाललाई स्वीकार नहुने बताउनु भएको छ । विराटनगरमा बिहीबार उद्योगङ संगठन मोरङ र मोरङ व्यापार संघले आयोजना गरेको स्वागत तथा छलफल कार्यक्रममा मन्त्री ज्ञवालीले नेपाल–भारत सीमा विवाद इतिहासदेखि थाँति रहेको विषय भएकाले प्रमाणका आधारमा यसको समाधान सरकारले खोज्ने बताउनु भयो ।
काली नदी सप्तरीको बरमजीयाको पेडा पसल नभएको बताउँदै मन्त्री ज्ञवालीले भन्नुभयो– कहिले लिम्पियाधुरा र कहिले लिपुलेक भनेर असली मुहानको परिचय गराउन आवश्यक छैन ।
प्रमाणले जहाँ बोल्छ त्यहि हुन्छ, मन्त्री ज्ञवालीले भन्नुभयो–भारतसँग सबै विषयमा शंका भन्दा विश्वास बढी कायम हुँदै गएकोले सीमा समस्या समेत हल हुने विश्वास व्यक्त गर्नुभयो । सुगौली सन्धीदेखि कायम भएको समस्या समाधानका लागि सरकारले आफ्नो कामहरु गरिरहेको उहाँले जानकारी दिनुभयो ।
उहाँले पछिल्लो ढेडवर्षमा भारतसँग सम्बन्धमा आएको सुधारले सबै समस्या हलमा सहयोग गर्ने बताउँदै वाणिज्य सन्धिमा समेत पुनरावलोकन हुने धारणा राख्नुभयो । भारतसँग जलमार्ग, सीमा सडक, रेल र पुल जस्ता सञ्जालले जोड्ने काम भईरहेकोले त्यसको लाभ नेपालीले लिन सक्ने उहाँले बताउनुभयो ।
उहाँले प्रत्यक्ष व्यापार र लगानीका हिसाबले भारतमुखी निर्भरता रहेको बताउँदै त्यसलाई विस्तारै नेपालले विस्थापित गर्ने नीति अगाडी सारिरहेको बताउनुभयो । निर्यात व्यापारलाई बढाउन सकेकै कारण व्यापार घाटा क्रमशः घट्दै गएको बताउँदै उहाँले नीतिगत सुधारको संकेतको रुपमा लिनुपर्नेमा जोड दिनुभयो ।
उद्योगी व्यवसायीले अर्थ कुटनीतिको पहल बढाउन सके नेपालले लाभ लिने बताउँदै पहिलो पटक विराटनगरमा पराराष्ट्र मन्त्रीलाई स्वागत र छलफल गरेका हुन् ।
सुनसरी मोरङ औद्योगिक करिडोरलाई समस्या पार्दै आएको भारतको मीरगञ्ज पुल निर्माणका लागि पराराष्ट्र मन्त्रालयको पहल आवश्यक रहेको उनीहरुको माग थियो ।