धितोपत्र बजार : नेप्से परिसूचक सामान्य गिरावट

धितोपत्र बजार : नेप्से परिसूचक सामान्य गिरावट

  • बिहिबार, पुस १७, २०७६
  • मिर्मिरे अनलाइन

  • 3.2K
    SHARES

काठमाडाैं, १७ पुस ।

धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक सामान्य गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ३.२९ अङ्कले घटेर एक हजार १६६.२१ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.१० अङ्कले घटेर २५२.१८ मा रोकिएको छ । परिसूचक घटेपनि कारोबार रकम भने ५० करोड नाघेको छ । स्टकका अनुसार आज कुल १७० कम्पनीका १६ लाख ६० हजार ४०६ कित्ता शेयर रु ५३ करोड २२ लाख ११ हजार २११ मा खरिदबिक्री भयो । कारोबार भएका कुल १२ उपसमूहमध्ये तीन उपसमूहको मात्र शेयर उकालो लागेको छ ।

जलविद्युत् २.२४ अङ्कले बढ्दा उत्पादन ४१.२२ र लघुवित्तको शेयर १५.५६ अङ्कले बढेको छ । यसैगरी बैङ्किङ २.२ ले घट्दा व्यापार ३.९५, होटल ७१.९९, विकास बैङ्क १.१९, फाइनान्स १.१३, निर्जीवन बीमा १६.२२, अन्य ११.९७, जीवन बीमा ४८.८४ र सामूहिक लगानी कोषको शेयर ०.०२ अङ्कले घटे । कारोबार रकमका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा रह्यो । सो कम्पनीको शेयर रु नौ करोड २१ लाख ४९ हजार ७५९ मा खरिदबिक्री भयो ।

यस्तै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रु तीन करोड ११ लाख ५७ हजार ५९७, प्रभु बैङ्कको संस्थापक शेयर रु दुई करोड ३५ लाख २० हजार, डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको रु दुई करोड १४ लाख ७२ हजार १६९, हिमालयन डिस्टिलरीको रु एक करोड ८७ लाख ८३ हजार ४०६, एनआइसी एसिया बैङ्कको रु एक करोड ७१ लाख २१ हजार ४९८, होटल सोल्टीको रु एक करोड ६७ लाख १७ हजार १४ र प्रोग्रेसिभ फाइनान्स लिमिटेडको संस्थापक शेयर रु एक करोड ५७ लाख ८९ हजार १२८ मा खरिदबिक्री भयो । परिसूचक घटेपनि जोशी हाइड्रोपावर डेभलपमेन्टका लगानीकर्ताले ८.३३ प्रतिशतले कामाए ।

यस्तै नेपाल सेवा लघुवित्त वित्तीय संस्था ७.६८, युनियन हाइड्रोपावर लिमिटेड ७.५५, स्वाभिमान लघुवित्त वित्तीय संस्था ६.३९, शिवम् सिमेन्ट ४.४९, समता माइक्रोफाइनान्स वित्तीय संस्था ४.०८ र सिभिल लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ३.८६ प्रतिशतले कमाए ।

जलविद्युत् लगानी तथा विकास कम्पनीका लगानीकर्ताले ७.५८ प्रतिशतले गुमाउँदा ओरियन्टल होटल लिमिटेड ५.२१, विशाल बजार कम्पनी ३.९७, सप्तकोशी डेभलपमेन्ट बैङ्क ३.९३, प्रभु बैङ्क (संस्थापक) ३.७०, तारागाउँ रिजेन्सी होटल ३.६९ र रिलायन्स फाइनान्सका लगानीकर्ताले ३.५३ प्रतिशतले गुमाए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ